logo
  • शनिबार, साउन ३० २०८३

सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ३७५ जनाको स्वास्थ्य परिक्षण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

विमल खड्का, बागलुङ मङ्सिर १२।
बागलुङ जिल्लाको बोबाङ गाउँ विकास समिति स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नेपाली सेनाले स्थानीय जनतालाई लक्षित गरि सञ्चालन गरको निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । जिल्ला सदरमुकाम वागलुङ स्थित अर्जुनवाण गणको आयोजनामा उक्त स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

शिविर आज विहान ९ वजेदेखि साँझ ५ वजेसम्म सञ्चालन भएको थियो र उक्त शिविरमा महिला १५५ जना, पुरुष १२७ जना, वालबालिका ९२ जना, गरि कुल ३७४ जनाको स्वस्थ्य परिक्षण गरिएको छ । जस मध्य दन्त रोग सम्बन्धी समस्या भएका ४५ जना, आखा सम्वन्धी समस्या भएका ७८ जना र अन्य स्वास्थ्य समस्या भएकाहरु २५३ जना रहेको नेत्रज्योती संघ बाग्लुङका नेत्र सहायक दिवाकर पौडेल जानकारी दिनुभएको छ ।

आखाँ सम्बन्धी समस्या भएका ७८ जना मध्य २० जना वालबालिको दृष्टि दोष भएका कारण आँखाको अप्रेशन गर्नुपर्ने भएको छ र उनिहरुलाई लागी नेत्रज्योती संघ बाग्लुङ द्वारा निशुल्क चस्मा वितरण गरिने पौडेलले जानकारी दिनु भएको छ । उहाँका अनुसार आँखा सम्बन्धि समस्या भएका विरामी र अरु पनि विभिन्न स्वास्थ्य परीक्षणका लागि नेपाली सेना, धौलागिरी अञ्चल अस्पताल बागलुङ र नेपाल नेत्रज्योति संघ बागलुङबाट चिकित्सकहरुको टोली शिविरमा आएको बताउनु भएको छ ।

त्यस्तै नेपाली सेनाको टोलीले गाँउमै आएर शिविर सञ्चालन गरी आफुहरुको स्वास्थ्य परिक्षण गरी सेवा दिएको भन्दै स्थानिय बासिन्दाहरुले नेपाली सेनाको प्रसंसा गर्दै धन्यवाद समेत ब्यक्त गरेका छन ।जिल्लाको दुर्गम स्थान र गरिव परिवारको अत्यधिक वसोवास भएको स्थानलाई राजेर यसखालको शिविर सञ्चालन गरीएको नेपाली सेनाको भनाई छ ।

राष्ट्रका सुरक्षाका लागि खटिने नेपाली सेनाले सर्वसाधारण जनताको स्वास्थ्य अवस्था जस्तो महत्वपूर्ण सवाललाई ध्यानमा राख्दै सामाजिक कर्तव्यमा नेपाली सेनापनि क्रियाशील हुन्छ भन्ने उदाहरणीय कार्यका लागि पनि उक्त शिविरले महत्व राख्ने जनाइएको छ ।

यसैबीच हिजो ज्ञानोदय माध्यमिक विद्यालयमा रहेका ३ सय भन्दा बढी वालवालिकाको सामान्य स्वास्थ्य परीक्षण गर्नुका साथै ४ टिममा वाँडेर उनीहरुलाई स्वास्थ्य र स्वस्थ जीवन शैलीको महत्वका विषयमा जानाकारी दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend