साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर ९ ।
गुल्मी र बाग्लुङको सिमाना अन्तर्गत खारबजारमा सञ्चालन भएको न्वागी मेलामा एक करोड भन्दा माथिको आर्थिक कारोवार भएको छ । मंसिर ३ गतेबाट ६ दिन सम्म सञ्चालन भएको मेलामा सामान्य फलफूल पसल अन्तर्गत सुन्तला,स्याउ देखि लिएर होटल व्यवसाय र झुला पिङ्ग र जाडोमा लगाउने न्यानो कपडा,फेन्सी,बालबच्चाहरुका खेलौना,कस्मेटिक लगायत कृषिजन्य बस्तुहरु समेत गरि करिव झण्डै २ करोड बरावर आर्थिक कारोवार भएको न्वागी मेला संरक्षण समितिका कोषाध्यक्ष प्रदिप खरेल जानकारी दिए ।
परम्परागत रुपमा पौदीबासीहरुले विशेष गरि नँया अन्न घरमा भित्रायाएको अबसरमा न्वागी पर्व मनाउने प्रचलन रहेको छ । न्वागी मेलाई मध्यनजर गरि गुल्मी,बाग्लुङ्ग लगायत जिल्लाबाट मेलाको अवलोकन गर्न हजारौ मानिसहरु मेलाको अबलोकन गर्न जान्छन् । पश्चिम क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई त्यस क्षेत्रका स्थानियले एउटा व्यापारिक केन्द्रकको रुपमा पनि लिने गर्दछन् ।
मेलालाई मध्यनजर गरि बिभिन्न स्थानबाट आपफ्नो व्यापार लिएर खार बजारमा व्यापारिहरु आउने गर्दछन् । मेलामा बढि मात्रमा फलफुल अन्र्तगत सुन्तला, होटल व्यवसाय, फेन्सी कपडा पसल तथा स्थानियरुपमा उत्पादित कषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गरेका छन् ।
खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ । परापुर्व कालमा स्थानीय हरुले बाजा गाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो रहेको छ । मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
महोत्सबमा खुल्ला भलिबल प्रतियोगीता, लोकगित तथा नृत्य प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला रेकड डान्स, अन्तरआमा सÞमुह स्तरिय म्यूजिकल चियर प्रतियोगिता, लगायत कृर्षी ब्यवसायी द्धारा उत्पादित कृर्षीजन्य बस्तुको मुल्याड़कन गरी नगद तथा प्रमाणपत्र बितरण गरीएको मेला आयोजकले जनाएको छ । मेलामा आयोजित भलिबल प्रतियोगीतामा सनराइज युथ क्लब दर्लिङले प्रथम स्थान हासिल गर्दै रु ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।
त्यसैगरी द्धितिय हुँदै बुर्तिबाङ् राइजिङ क्लबले रु ३६ हजार ६ सय ६६ प्राप्त गरेको छ । त्यसैगरी मेलामा खुल्ला सास्ँकृतिक कार्यक्रम, लोक दोहारी, रेकर्ड डान्स प्रतियोगीताहरु समेत सम्पन्न भएका छन । मेलाको अवसरमा बहुचर्चित राष्ट्रिय कलाकार पशुपति शर्मा, मिना लामाङ्, चिजा तामाङ, हास्य कलाकार गणेश बस्नेत तथा साहारा कला केन्द्र पाल्पाको समेत बेजोड प्रस्तुती रहेको थियो ।
ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रशिद्ध न्वागी पर्व बागलुङको ग्वालिचौर, जलजला, दगातुंडाँडा तथा गुल्मीको पौँदीअमराई, नेटा, दोहोली आदि गाविसहरुका जनताहरुको व्यापक सहभागिता रहने भएपनि यो न्वागी पर्व (मेला) बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ । न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखा, लगायत देशका बिभिन्न भागहरुमा पनि मनाईने गरिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend