logo
  • शनिबार, साउन ३० २०८३

नगरपालीका समावेस हुने भन्दै सर्वदलीय सर्वपक्षिय सहमती


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिमल खड्का, बागलुङ मंसिर ८।
बाग्लुङमा स्थानीय तहको पुनर संरचनाको बिषयमा जिल्ला प्राबिधिक समितीले ४ नगरपालीका सहित ६ गाँउपालीका सहितको खाका प्रस्तावका रुपमा आयोगमा पठाएपछि फेरि जिल्लाको पश्चिम क्षेत्रमा रहेका विभिन्न गाउँ विकास समितिबाट पुनःसंरचनाको विषयमा भिन्न भिन्न मत आउन थालेका छन् ।

जिल्ला स्थित राजनैतिक दलले गरेको निर्णयका आधारमा आयोगमा पु¥याएको पुनःसंरचनाको विषयमा अझै जिल्लाका गाउँ स्तरमा सहमति हुन सकिरहेको छैन । यसैबीच देबिस्थान गाउँ विकास समितिमा आज सर्वदलीय सर्वपक्षिय छलफल गर्दै यस अघि चार गाविसको सहमतीमा देबिस्थान गाविसको वडा नँ ९ खाडु केन्द्र रहने गरी निसिखोला गाँउपालीका कायम हुनुपर्नै प्रस्तावमा लिखीत र मौखिक सहमती भएपनि पछिल्लो पटकको राजनैतिक दलको सहमतीमा बोहोरा गाँउको झिवाखोला केन्द्र रहने गरी निसिखोला गाँउ पालीका कायम गर्नै प्रस्ताब आएपछि अव निसीखोला गाउँ पालिकामा नभई बुर्तिबाङ नगरपालिकामा समावेश हुने निर्णय भएको बताइएको छ ।

आज देबिस्थानमा एक छलफल कार्यक्रमको आयोजना गर्दै अब कुनै हालतमा प्राविधिक समितीले पठाएको निर्णय मान्न नसकिने भन्दै बुर्तिबाङ केन्द्र रहेको ढोरपाटन नगरपालीकामा समाबेश हुने भन्दै उक्त निर्णयको कार्यानयनका लागि नेपाली काँग्रेस देबिस्थान ग्राम समिती सभापति ईन्द्र बहादुर मल्लको सम्योजगत्वमा १४ सदस्यी डेलिकेशन टोली गठन गरिएको छ ।

सो डेलिगेशन टोली आगामी मँसिर १० गते आयोगको केन्द्रिय कार्यालयसम्म पुग्ने निर्णय भएको छ । जिल्लाका राजनैतिक दलले आयोगमै पठाएको निर्णय सच्चाउनका निम्ती जस्तो सुकै सँघर्षका कार्यक्रमहरु गर्न तयार रहनेसम्मको निर्णय भएको त्यहाँबाट काँग्रेस सभापति ईन्द्र बहादुर मल्लले बताउनु भएको छ ।

नेपाली काँग्रेसका ग्राम समिती सभापती ईन्द्र बहादुर मल्ल,नेकपा एमालेका गाविस ईन्चार्ज छविलाल कुवँर, नेकपा माओबादि केन्द्रका ईन्चार्ज भरत पुन, राष्ट्रिय जनमोर्चाका प्रतिनीधि मुतm बहादुर सिँह, राप्रपा नेपालका कृष्ण बहादुर मल्ल, नेकपा माओबादिका ढाल बहादुर कुँवर, लगाएत स्थानीय राजनैतिक दलका कार्यक्रता, बुद्धिजिवी, समाजसेवि, वडा नागरीक मञ्चका प्रतिन्ीधि लगाएतको उपस्थितीमा यस्तो निर्णय गरिएको बताइएको छ ।

यस अघि देबिस्थान गाविसमा केन्द्र रहने गरि निसीखोला गाँउपालीमा देबिस्थान, राजकुट, बोहोरागाँउ र निसि गाविस रहने स्थानीय सहमति गरिएको थियो । जिल्ला स्थित राजनैतिक दलहरुले देविस्थान, बोहोरागाउँ र निसी गाउँ विकास समितिलाई समेटेर निसीखोला गाउँ पालिकामा राख्ने प्रस्ताप आयोगमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend