logo
  • शनिबार, साउन ३० २०८३

सरकारले संबिधान संशोधनको औचित्य पुष्ट्याउन सकेन : पराजुली


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

निरोज कुमार थापा, रामेछाप मंसिर ८ ।
नेकपा एमालेका केन्द्रीय सदस्य हरिप्रसाद पराजुलीले सरकारले संबिधान संशोधनको औचित्य पुष्टि गर्न नसकेको दाबी गर्नुभएको छ । अखिल नेपाल किसान माहासंघ रामेछापले गरेको बृहत कार्यकर्ता भेलामा उहाँले संबिधान संशोधनको बखेडा झिकेर मुलुकलाई अधोगतितर्फ धकेल्ने काम भईरहेको आरोप लगाउनुभयो ।

पूर्व कृषि बिकासमन्त्री समेत रहनुभएका पराजुलीले कृषिमा गुजारामुखि कृषि प्रणाली गलत भएको बताउनुभएको छ । कृषि पेशालाई ब्याबसायिक बनाउन सके मात्रै आर्थिक समृद्धि हुने भन्दै उहाँले त्यसका लागि कृषिमा बिबिधिकरण आबश्यक रहेकामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend