logo
  • शनिबार, भाद्र २० २०८३

जनसम्पर्क समिति कतारले रक्तदान गरी गणेशमान सिंह जन्मजयन्ती मनायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, मङ्सिर ५ ।
नेपाली कांग्रेसको भात्रीसंगठन नेपाली जनसम्पर्क समिति कतारले ४६ सालको जनआन्दोलनका सर्वाच्व कमान्डर नेपाली कांग्रेसका संस्थापक नेता लौह पुरुष गणेशमान सिंहको १०२ औं जन्म जयन्तिको अवसर पारेर भेटघाट चियापान एवं रक्तदान गरि मनाएको छ ।
jana-jpg-1
१७ नोभेम्बर बेलुका रक्तदान गरि सुरु भएको जन्मजयन्ती कार्यक्रम १८ नोभेम्बर भेटघाट चियापान समारोहको आयोजना गरि सम्पन्न भएको थियो । सो अवसरमा रक्तदान गर्नुहुने १९ जनालाइ प्रमाण पत्र प्रदान गरिएको थियो । नेपालका सर्वमान्य, निडर र त्यागि नेताको जन्मजयन्तीका अवसरमा रक्तदान गर्न पाएकोमा सबैले खुशी ब्यक्त गरेका थिए । दोहाको हमद हस्पिटलको ब्लड ब्यांक विभागमा गरिएको उक्त रक्तदान प्रति कृतज्ञता व्यक्त गर्दै हस्पिटलले सामुहिक रुपमा जनसम्पर्क समितिले रक्तदान गराएकोमा बिशेष धन्यबाद दिदै प्रमाण पत्र प्रदान गरि धन्यबाद व्यक्त गरेको थियो ।
janaदोश्रो दिन दोहा देखि टाढा पर्पल आइल्याण्डमा गरिएको भेटघाट एवं चियापान कार्यक्रममा जनसम्पर्क समिति र कांग्रेसमा आस्थावानहरुको बाक्लो उपस्थिति रहेको थियो । जनसम्पर्क समितिले आन्तरिक रुपमा गरेको उक्त कार्यक्रमको सभापतित्व समितिका कार्यवाहक सभापति सुनिल मण्डलले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि संगठनका संस्थापक सभापति नरेन्द्र भाट रहेका थिए ।

बिशेष अतिथिहरुमा प्रमुख सल्लाहकार बिमल सुवेदी, बिधान मस्यौदा समिति संयोजक एवं कांग्रेस महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, संस्थापक सहमहामंत्री युवराज पाठक, सल्लाहकारद्वय अर्जुन खड्का, मो. शाकिर अलि, व्यवसायी एवं समाजसेवी नबिन पोख्रेल, राष्ट्रिय गायिका रमा पोख्रेल, संस्थापक सदस्य एवं कुमार कार्की, निवर्तमान उपसभापति नुरहसन मिकरानी, निवर्तमान सदस्यद्वय मानबहादुर केसी दिपेन्द्र जंग लामिछाने लगायत इकाई समितिका अध्यक्ष हरु अतिथि रहेका थिए ।

राष्ट्रिय गान र मौन धारण संगै गणेशमान सिंहको तस्विरमा पुष्प गुच्छा चडाएर सुरु गरिएको कार्यक्रममा स्वागत मन्तब्य समितिका सहकोषाध्यक्ष रामजी खत्रीले दिएका थिए । कार्यक्रम संचालन महामन्त्री अजिज अलिले गरेका थिए । गणेशमान सिंहको राजनैतिक जीवनी र नेपालका आन्दोलनहरुमा उनको भूमिका त्याग र समर्पकका बारेमा चर्चा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend