साझा नेटवर्क
चिरन्जिबी तिम्सिना,कतार
कतारमा स्थापित चार साहित्यिक सस्थाहरुको सामुहिक आयोजनामा १०७ औ लक्ष्मी जयन्ति सम्पन भएको छ । जसमा अन्तराष्ट्रिय नेपालि साहित्य समाज,नाबोदित साहित्यिक वाचनालय, सन्ध्या ग्र्रुप अलखोर तथा गैर आवासीय नेपालि संघ रास्ट्रीय समन्वय परिसद कतारको साहित्य बिभाग रहेका छन् ।उक्त कार्यक्रमका प्रमुख आकर्षक कबि हेमन यात्री रहेका थिए ।
सो कार्यक्रममा कबि हेमन यात्रीको स—शुुल्क एकल कविता वाचनकार्यक्रम सम्पन्न भएको छ ।अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतारका महा सचिब तथानबोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष सिता राम थापाले संचालन गरेको कार्यक्रममा अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतारका अध्यक्ष तिर्थ संगम राईले सभापतित्व गरेका थिए।
बनाउन कालागि नेपालबाट आएका कबि हेमन यात्रीको प्रमुख आथित्यता रहेको थियो भने बिशेष अतिथिहरुमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, गैह्र आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद कतारका कार्यबाहक माहासचिब तेज कटुवाल रहेका थिए। त्यसै गरी अतिथिहरुमा नेपालि जनसम्पर्क समितिकतार, लोकतान्त्रिक मंच कतार, जन प्रगतिशील मंच कतार, तराइ मधेश लोक तान्त्रिक मंच कतार, आदिबासी जनजाति महासंघ कतारका प्रतिनिधिहरु तथा जिल्ला सस्थाहरुमा मोरङसुनसरी सेवा समाज कतार, गुल्मी सेवा सामज कतार, गोर्खा सेवा समाज कतार, लम्जुंग सेवा समाज कतार, इलाम सेवा समाज कतार, तथा विभिन्न संघ सस्था हरुको उपस्थिति रहेको थियो भने सामाजिक अभियान्ताहरुमा चानक पोख्रेल, धिरज राई लगाएत अनेसासका विशिष्ट स्रोताहरु माया के. सी., बिनोद खड्का, कुमार कार्की, केदार बानिया लगाएत विभिन्न स्रोताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका आकर्षक कबि हेमन यात्रीको एकल कविता बाचनका साथ् साथै कबिबन्नुमा प्रेरणा प्रदानगर्नु हुने माहा कबिलक्ष्मी प्रसाद देबकोटा तथा आफ्नै आमा रहेको बताउदै सहर बजार कान भएर आफ्नै पाखा पखेरा ,खोला नाला , नदि, फाट र आफ्नै गाउँ घर, पधेरी, उकाली ओराली आफ्नै भाषा धर्म सस्कार संगतिका गहकिला र यथार्थ परक दुइ दर्जन भन्दा बढी कविता वाचन गरेकाथिए ।
यसै गरि कबिले भने कबिको ठुलो पुजीभनेको अनुभब बताउदै कविता आफुले टेकेका पाइला पाइलामा हुन्छन टाढा खोज्न जानु पर्दैन भन्दै आफ्नै आमाले दुखःसुखको साथी घास दाउरा गर्दा गाउने गरेका गित“सरमा सर सिक्रेटैखानु कैचिमर बाकसको, कैचिमर बाकस उघारी हेर्दा छ मायाक कसको”भन्ने गितको सम्झना गर्दै चैत बैशाखको पालुवामा आफ्नै ससुराल भोजपुर दुम्मको उकालोमा चिउरीको पातले रुखमा ठोक्किएर दिएको आवाजलाई थपडी बजाएको संज्ञा दिदै आमाको गितमा रुखबाट कविताका हरफहरु झरि रहेको महसुस गर्दै कविले आफ्ना अनुभूति साहित्यिक सर्जक हरु माझ पस्किएका थिए।
कार्यक्रममा बिशेष अतिथि गणेश प्रसाद बन्जाडे तथा तेज कटुवालले शुभाकाना मन्तब्यमा आफु संलग्न सस्था सदैब अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतार प्रति हातेमालो गर्दै जाने छ भन्दै शुभकामना ब्यक्त गरेकाथिए।
अन्तमा कार्यक्रमका सभापतिले सम्पूर्ण साहित्य अनुरागी, सहयोगी, अतिथितथा सम्पूर्ण आमन्त्रित व्यक्तिहरुलाई कार्यक्रम अत्यन्तै सफलभएको र कार्यक्रम सफल बनाउनमा सबैको हात रहेकोछ भन्दै सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेकाथिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend