logo
  • शनिबार, साउन ३० २०८३

क्षेत्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका लागि गुल्मेली खेलाडी पोखरा प्रस्थान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १५ ।
जिल्ला खेल खेलकुद विकास समितिले पोखरामा हुने क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरुलाई बिदाई गरेको छ । सदरमुकाम तमघासको लाँकुरी मञ्चमा आयोजित कार्यक्रममा जिल्ला न्याधिस मातृका प्रसाद मरासिनी, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, स्थानीय विकास अधिकारी डिलाराम पन्थी तथा खेदकुद विकास समितिका पदाधिकारीले फुलमाला लगाएर बिदाई गर्नुभएको छ ।
13295168_1086566714742028_1524930146_n
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले पछिल्लो समय खेल क्षेत्र परम्परागत पद्धतिबाट अलग हुँदै गएकाले खेल क्षेत्रबाटै प्रतिष्ठित र आत्मनिर्भर बन्ने तर्फ लाग्न अनुरोध गर्नुभयो । उहाँले स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नारा भित्र हामी सवै रहन जरुरी रहेको समेत औल्याउनुभयो । साथै फेरी पनि माला लगाएर सदरमुकाममा ¥याली निकाल्ने बातावरण सृजना गर्न ढुक्कका साथ प्रतियोगीतामा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
13288831_1086566721408694_1242817091_n
त्यस्तै स्थानीय विकास अधिकारी डिलाराम पन्थी, पुर्व खेलकुद विकास समितिका अध्यक्ष बालसिह काउछाले खेलाडी भनेको राष्ट्रको गहना भएकाले गुल्मेलीको नाम राखेर फर्कन खेलाडीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी उपरिक्षक भोला रावल, विकास समितिका पदाधिकारी, पत्रकार, प्रशिक्षक खेलाडी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रशेम श्रीसको स्वागत तथा अध्यक्ष कृष्ण भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
13296065_1086566761408690_250726503_n
जिल्लाका ३ वटा निर्वाचन क्षेत्रका विदालयहरुबाट विभिन्न बिद्यामा छनोट भएका खेलागी क्षेत्रिय खेलमा सहभागी हुन पोखरा गएका हुन् । भलिवल, दौड, कर्वर्दी, हाइजम्प, लङजम्प, ज्यावलीङ्ग थ्रो, आइटीएफ लगाएतका खेलका खेलाडी प्रतियोगीतामा सहभागी हुने खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend