साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर १ ।
भारतिय सेनाबाट अवकास प्राप्त भुपु सैनिकहरुलाई बितरण गर्दै आएको पेनसन बितरण क्याम्प गुल्मीमा आजबाट सुरु भएको छ । प्रत्येक वर्षको ६÷६ महिनामा बिरण गर्दै आएको पेनसन बितरण क्याम्प आजबाट १२ दिन सम्म सदरमुकाम तम्घासमा संञ्चालन हुने भारतिय पेनसन बितरण क्याम्प गुल्मीका सेक्रेटरी बिष्णु कुमार थापाले जानकारी दिनुभयो ।
गुल्मीमा बितरण हुने पेन्सन लिन गुल्मी लगायत अर्घाखाँची, बाग्लुङ्ग, प्युठान लगायतका स्थानबाट भारतिय सेनाबाट अवकास प्राप्त भुपु सैनीकहरु आउने थापाले जानकारी दिनुभयो । जिल्लामा १२ दिन सम्म चल्ने क्याम्पमा करिव ७ हजार ५ सय भन्दा वढीले क्याम्पबाट पेनसन बुझने गर्दछन् भने केहिले बैकबाट बुझने गर्दछन् ।
पेन्सन बितरण हुने भएसगै सधै जसो सुन्य हुने तम्घासको बाख्रे छेडा बजारमा चहलपहल बढेको छ । पेन्सन बितरण क्याम्प क्षेत्रमा भारत तथा नेपालका बिभिन्न स्थानबाट बिभिन्न व्यावसाय लिएर आउनाले चहलपहल वढने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend