साझा नेटवर्क
संगीता कुँवर, टोकियो कार्तिक ३० ।
बाँके बर्दिया मैत्री समाज जापानले जापान भ्रमणमा रहेका खेलाडि तथा खेल क्षेत्रका ब्यक्तिहरुलाई टोकियोमा सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष तथा नेपाल भारक्तोलन संघका अध्यक्ष रतन टण्डन ,युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेल, भारक्तोलन संघका महासचिव तथा अन्तराष्ट्रिय भारक्तोलन महासंघ अनुसासन समितिका सदस्य पार्थ सारथि सेन गुप्ता, भारक्तोलन संघका सचिव संजय महर्जन, भारक्तोलन संघ ओलम्पिक प्रशिक्षक सुनिल जोशी लाई सम्मान गरिएको हो ।
जापानमा सम्पन्न एसियन जुनियर एण्ड युथ वेटलिफटिङ च्याम्पियनसीप खेल प्रतियोगितामा सहभागि खेडालीहरु प्रकाश केसी र कमला श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । जुनियर तर्फका भारक्तोलन खेलाडी प्रकाश केसीले सय केजी र १२४ केजी गरि २२४ केजीको नयाँ नेशनल रेकर्ड बनाएका छन भने कमला केसीले सिनियर तर्फ ७८ केजीको नयाँ नेशलन रेकर्ड समेत राख्न सफल भएको सो रबबयुवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेलले खेल क्षेत्रको बिकासका लागी बिदेशमा बस्ने नेपालीको दबाब,चासो र सहकार्य आबश्यक रहेको बताउनुभयो ।

यस्तै नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष तथा नेपाल भारक्तोलन संघका अध्यक्ष रतन टण्डनले पनि परदेशका नागरिकको साथ बिना खेल क्षेत्रको बिकास नहुने भन्दै खेल क्षेत्र अगाडि बढ्न परदेशमा बस्ने नेपालीको पनि महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
बाँके बर्दिया मैत्री समाजका अध्यक्ष जनक विक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाकार डा.अमित सुबेदीको मन्त्व्य तथा सल्लाकार डा बिजय ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend