logo
  • शनिबार, साउन ३० २०८३

अर्थमन्त्रीका स्वकिय सचिव जितजंग प्रति दर्लिङ्ग वासीको अपेक्षा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार् गुल्मी,कार्तिक २९ ।
माओवादी द्धन्द्धकालमा आधार ईलाका बनाउँदै लामोा समय सम्म गुल्मीको दर्लिङ्गमा ईन्चार्ज रहेका जितजंग यति वेला अर्धमन्त्रीको स्वकिय सचिव बनेका छन् । लामोा समय दर्लिङ्ग, नेटा, ह्वाङ्गदी र अर्खवाङ्गका जनताको घर दैलोमै बसेका जितजंगको वास्तविक नाम निमकान्त डाँगी भएकोले धेरैपछि मात्र त्यहाँका जनताले उनि अर्ध मन्त्रीको स्वकीय सचिव बनेको थाह पाए । 11752476_124791171192380_621637100142919973_n-1
थाह पाउन साथ त्यस भेगका सर्वसाधरण देखि त्यहाँका सवै राजनैतिक दलहरुले समेत उनि संग केहि विकासे कार्यक्रमको अपेक्षा पालेका छन् । केहि दिन अघि सम्पन्न एकादशी मेला कार्यक्रममा सहभागी त्यहाँका सवैदेलका नेताहरुले द्धन्द्धकालमा आधार ईलाका बनाउँदा सवैले जितजंगलाई सहयोग गरेको स्मरण गर्दैै उनकै आँखाले देखेर गएको पिछडीएको गाउँ दर्लिङ्गलाई केहि गर्लान् भन्ने आशा राखेको बताए ।hari-kc-still004द्धन्द्धकालमा माओवादी पार्टी काममा खटिएर जाने क्रममा दर्लिङ्गका तुल्सी घर्तिको हस्तीचौर बडागाउँको विचमा पर्ने रातडाँडामा ज्यान गएको थियो । उनैको स्मृतिमा स्थापना गरिएको क्लवलेअहिले सम्म प्रत्येक वर्ष सांस्कृति संरक्षण र खेलकुद विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ । तुल्सी स्मृति युवा क्लवका अध्यक्ष दिपेन्द्र घर्ति भन्छन–‘ कार्यक्रम त गरिदै आएको छ तर न साउण्ड सिस्टम जोर्नु सकिएको छ , न त खेल मैदान प्रयाप्त छ न त तुल्सी स्मृति प्रतिक्षालय बनाउन सकिएको छ ।hari-kc-still002’ उनले भने –‘जितजंग सर यहि वसेर अर्थमन्त्रीको स्वकीय सचिव जस्तो उच्च पदमा पुगे पछि कम्तीमा पनि उहाँले त्यति काम त गरी दिनु हुन्छ कि भन्ने आशा लागेको छ । ’ त्यस्तै जितजंगले कुनै समय दर्लिङ्ग दुनामका घर घरमा पुगेर कुनै दिन त्यहाँका गरिव दलितलाई माथी उठाउने गरेको कुरालाई पनि त्यहाँका वासीन्दाले स्मरण गरेका छन् । यसवारे स्थानियवासी संग जितजंग परामर्शमा रहेको बताईएको छ ।

शान्तिप्रकृयाको धेरै पछि सम्म पनि जितजंग दर्लिङ्ग भेगकाृे ईलाका ईञ्जार्ज हुँदै जिल्ला कमिटीको समेत ईञ्चार्ज हुँदै यहाँको माओवादी संगठनलाई मजवुद बनाएर हिडेका थिए । उनले निर्माण गरेको गुल्मी जिल्लाको माओवादी संगठन दोश्रो संविधानमा तिन वटै क्षेत्र जित्न सफल भएको थियो ।

४ वर्ष अघि उनि गृह जिल्ला रोल्पामा कार्य क्षेत्र पारेर हिडेका थिए । उनि शान्ति प्रकृया पछि यहाँका सवै राजनैतिक दलहरु संग समेत मिलानसार नेताका रुपमा परिचीत भएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend