logo
  • शनिबार, साउन ३० २०८३

भोलि सिड्नीमा रहेका नेपालीलार्इ नचाउदै महत र भन्डारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सिड्नी, अस्ट्रेलिया जेष्ठ १४ ।
शनिबार साँझ सिड्नीमा भब्य सांगितीक कार्यक्रमको आयोजना हुने भएको छ । जून कार्यक्रममा सहभागि हुन बरिष्ठ लोक गायक प्रेमराजा महत, लोक गायिका शान्ति भन्डारी र नायिका प्रियंका कार्की शुक्रबार सिड्नी उित्रएका छन ।
Prem-raja-and-shanti
तनहुं समाजले आयोजना गर्ने यो कार्यक्रममा केही समयदेखि सिड्नीमा नै रहेका बरिष्ठ हांस्य कलाकार राजाराम पौडेलको पनि हांस्य प्रस्तुति समेटिएको छ । यतिखेर गायक गायिकाको गीत, नायिकाको नृत्य र हांस्य कलाकारको ठट्यौलीबाट मनोरन्जन लिन सिड्नीबासी नेपालीहरू प्रतिक्षारत देखिन्छन ।

दर्शकहरू मात्र होइनन् गायक महत र गायिका भन्डारी पनि निकै उत्साहित देखिएका छन । सिड्नीको ब्यस्त शहर टाउन हलमा रहेको वल्ड टावरको ७९ औं तलामा बसेर कुरा गर्दै २० बर्षदेखि अमेरिकामा बस्दै आएका महतले भने -अष्ट्रेलिया पहिलोपटक आएको छु ।

यहाँ रहनु भएका नेपालीहरूसँग भेट्न पाएकोमा खुशीको सिमा छैन-‘ । यता १२ बर्ष देखि अमेरिका बस्दै आएकी गायिका शान्ति भन्डारीले पनि धेरै देशमा गएर गीत गाइन तर अष्ट्रेलिया उनको लागि पनि पहिलो नै हो -‘ कस्तो होला र दर्शकहरूसँग कहिले भेटौं भन्ने लागिरहेको छ -‘ शान्तिले भनिन ।

आज पनि गायक महतलाई बांझो खेतमा र पानको पात गीतले नै चिन्छन भने यो आफ्नो पहिचान र लोगो भएको कुरा उनि स्बिकार्छन । २०४९ सालमा रेकर्ड भएको बांझो खेतमा गीत हिट भएपछी नेपाली चलचित्र माईलीमा पनि राखिएको थियो । एक हजारभन्दा बढी गीत गाईसकेका महतले लगभग ५ दर्जन एल्बम बजारमा ल्याए ।

उनि अहिले अमेरिकाका लागि नेपालको अबैतनिक महा बाणिज्य दूत पनि हुन । यता गायिका भन्डारीले भने गायन र मोडलिंग दुबैलाई अगाडि बढाईन । उनलाई बिशेस गरेर बनको काफल बनकै चरिलाई र लाठी चार्ज नगर मेरो मायामा गीतको मोडलको रूपमा दर्शकहरूले चिन्छन ।

जस्तो अबस्थामा रहेता पनि बिदेशी भूमिको ब्यस्त जीबनबाट समय निकालेर नेपालीहरूकै मनोरन्जनका लागि कलाकारहरूले आफ्नो तर्फबाट गर्ने गरेको योगदानको सिड्नीमा पनि गतिलै बहस चल्यो ।अनलाइनखबर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend