logo
  • शनिबार, साउन ३० २०८३

तीन तहको निर्वाचन नभए देश गम्भीर दुर्घटनामा फस्छ : ज्ञवाली


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

घनश्याम पाैडेल, अर्घाखाँची कार्तिक २२।
नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एक बर्ष भित्रमा तीन तहको निर्वाचन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताए ।
pradeep
अहिलेको परिस्थितीमा चैतमा स्थानीय निकायको निर्वाचन नहुने संकेत आएकाले मुलुकमा संविधान कार्यान्वयन हुनेमा ठुलो संकट देखिएको बताए । उनले पछिल्लो समय तीन ठुला राजनीतिक दलहरुमा बढ्दै गएको तिक्ताले गर्दा राजावादी शक्तीहरु सलवलाउन थालेकाले सचेत हुनुपर्नेमा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीमाथी लगाईएको महाअभियोगमा नेपाली कांग्रेसको समेत समर्थन रहने विश्वास गर्दै सचिव ज्ञवालीले महाअभियोगको पक्षमा नउभिए कांग्रेस जनताबाटै बढारिने चेतावनी दिए ।

रिपोर्टस क्लव नेपाल अर्घाखाँची शाखाले खिदिम गाविसमा गरेको साक्षात्कार कार्यक्रममा ज्ञवालीले राष्ट्र र जनताको हितमा आवश्यक हुने संविधान सशोधनको निम्ती एमाले बाधक नहुने बताउदै अहिले सत्ता टिकाउनको लागी राष्ट्र नै कमजोर हुने गरी संविधान संशोधनको चलखेल भएको आरोप लगाए ।

प्रचण्ड नेतृत्वको सरकारले नेपाल र भारत बिचको सम्बन्ध सुमधुर रहेको बताएतापनी भारतले नेपालको संविधानलाई सहर्ष स्वीकार गर्न नर्गनुले नेपाली जनतामा भ्रम श्रृजना गरेको बताए ।

अर्को प्रसङगमा नेता ज्ञवालीले संविधान कार्यान्वयन गरी राष्ट्रीय निकासको निम्ती एमालेले तराईबाट देशव्यापी जन दवाव दिनेको लागी अभियान सुरु बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend