logo
  • शनिबार, भाद्र २० २०८३

कफिले प्रशिद्ध गुल्मी आँपचौरको पहिचान गुम्ने चिन्ता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

coffee-plantप्रेम सुनार, गुल्मी  कार्तिक २०।
स्थानिय निकायको पुनरसंचनाको प्रस्तावित खाकामा गुल्मी जिल्लाका धेरै जसो ऐतिहाँसिक र प्रशिद्ध स्थानहरुलाई सम्वोधन गरिए पनि अर्को कफि खेतीले थप प्रशिद्ध र गुल्मी जिल्लालाई समेत देश विदेश सम्म चिनाउँदै आएको आँपचौर गाविसलाई सम्वोधन गर्न भने यहाँको राजनैतिक दलहरुले विर्सेको पाईएको छ ।

आँपचौरको आफ्नै नामकरण सहितको निकायका रुपमा सम्वोधन नभएको प्रति त्यहाँका सर्वसाधरणहरु दुखी र चिन्तीत रहेका छन् । वामी नगरपालिका भित्र वा कुनै अर्को गाउँपालिका भित्र भास्सीएर आँपचौरले आफ्नो पहिचान गुमाउन हुँदैन भन्ने पक्षमा त्यहाँका अधिकांस सर्वसधारण रहे पनि त्यहाँका राजनैतिक दलका नेताहरु भने नामकरण र केन्द्रको प्रवाह नगरी ईलाका नम्वर ५ को पहिचान खोज्दै यति वेला सदरमुकाम तम्घासमा आन्दोलन गरी रहेका छन् ।

अन्तरराष्ट्रिय जगतमा समेत आँपचौर ओठमा झुण्डीएको बेला कुनैै एउटा अर्को स्थानको नाममा आँपचौर सहभागि हुँदा भोलीका दिनमा आँपचौरको नाम निकै कम मात्रमा सम्वोधन हुने निश्चित रहेको छ । जस्तै शान्तिपुरको आफ्नै पहिचान रहेको छ भने चन्द्रकोटको प्रशिद्धि पनि त्यतिकै रहेको छ । त्यस कारणले पनि दुवै पक्षलाई समेटियो। केन्द्रको नाम चन्द्रकोट राखियो,केन्द्र रहने स्थान शान्तिपुर । जुन निकै स्वागत योग्य छ।

यस्तो धेरै स्थानमा गरिएको छ । मदाने , मालिका जस्ता स्थानको सम्वोधन हुँदा आँपचौरलाई विर्सन नहुने त्यहाँका धेरै सर्वसाधरणको माग रहेको छ । यस वारे ईलाका नम्वर ४ को आफ्नै गाउँपालिका हुनु पर्दछ भनेर आन्दोलनको अगुवाई गरिरहेका आँपचौरका समाजसेवी विन खरेल वोल्न चाहन्न् ।

उनलाई आँपचौरको पहिचान गुम्ने खतराको चिन्ता भन्दा पनि आफुले राजनीति गरिहेको ईलाका नम्वर ४ को बढि चिन्ता रहेको हो कि भन्ने आरोप पनि कतिपय विपक्षहरुबाट लाग्ने गरेको छ । तर खरेलले राजनैतिक भन्दा पनि ऐतिहाँसिक र भावनात्मक सम्वन्धको आधारमा एउटै निकाय भित्र राख्नु पर्ने कुरालाई जोड दिएको बताउँदै आएका छन ।

तर भावनात्मक सम्वन्धकै कुरा गर्ने हो भने ईलाका नम्वर ४ भित्रका गाविसहरुकै जतिको सुमधुर सम्वन्ध त्यो भेग संग वडागाउँ ,पराल्मी,वलिथुम र जुभुङ्गको पनि रहेको छ । यसर्थ पनि पुरानो संरचनाको एउटै निकाय बन्नु पर्छ भन्ने कुरा पुनरसंरचनाको जुन भावना छ त्यसले जनतालाई सम्वोधन गर्न सक्दैन ।

पुनरसंरचना हिजोको संरचनाको आधारमा बनाईने हो भने प्रशासनिक रुपले जुन सास्ती र सौतेलो व्यवहार खेपेको छ क्षेत्र नम्वर १ ले त्यसबाट कदापी मुक्ती पाउन सक्दैन् । त्यो त पार गुल्मीका रुपमा गुल्मीको उपनिवेश जस्तै बनेर थन्कीनु परेको थियो ।

तत्कालिन अर्घाखाँची सहित गुल्मी रहेको चेपुवामा परेर उसले राजधानी पुग्न वरु छिटो आफ्नै सदरमुकाम पुग्न ढिलो भएको पिडा खेप्दै आएकोा सवैलाई जगजाहेरै छ ।अव ईलाकाको सम्वन्ध र राजनीतिलाई भन्दा पनि धेरै भन्दा धेरैले पायक पर्ने संरचना बनाउने तिर सवै कस्सीनु पर्ने दायित्ववोध गर्नु पर्ने देखिन्छ ।

यस्तो आधारमा संरचना बनाउने हो भने तुराङ्ग,रुपाकोट, जुभुङ्ग, पराल्मी वलिथुम आँपचौर ,वडा गाउँ ,कुर्घा सम्मको एउटा निकाय बन्न सके  ईलाकाको भन्दा पनि सदियौ  देखिको वैवाहिक,  रहन सहन, वोलि भाषा र  सांस्कृतक सवन्ध रहिरहने अनि पायक पर्ने केन्द्र तोक्न पनि सरल पर्ने देखिन्छ ।

यसर्थ आँपचौर जस्ता प्रशिद्ध स्थानको नामोनिशन मेटाएर कुनै अर्को नामकरण सहितको निकाय बनाउँदा त्यहाँका वासीन्दाको मन दुख्नु स्वभाविक मान्नु पर्छ । विभिन्न दलमा आवद्ध आँपचौरका अगुवा समाज सेवीहरु रुद्र खरेल,रमेशचन्द्र खरेल र राजु खरेल अहिले चलिरहेको आन्दोलनको संघर्ष समितिको सचिवालय भित्र रहेकोले सहमति अनुसार बोल्न चाँहदैनन् ।

विहान वसेको सचिवालय बैठकमा केन्द्रको नामकरण र रहने स्थानको खिचातानीमा लाग्दा आन्दोलन सफल नहुने सम्भावना बढेको निचोड निकाल्दै यहि नै हुनु पर्छ भन्ने कुरा कसैले नवोल्ने सहमति भए अनुसार आफुहरु नवोल्ने उनिहरुले बताए । उनिहरुले आँपचौरका वारेमा आफुहरुले भन्दा पनि सञ्चारकर्मीहरुले लेख्नु वोल्नु पर्ने कुरामा जोड दिए ।

आँपचौर कफी खेतिले प्रशिद्ध भए पनि त्यहाँका कैयौ पर्यटकिय र धार्मिक स्थान ओझेलमा परेको गाविस हो रुद्र खरेलले भने ‘ त्यसका वारेमा हामी अहिले वोल्दैनौ विवेक पुराउने जिम्मा जिल्लामा कार्यदलमा रहेका नेताहरुलाई दिदैछौं । ’

प्रशस्त खेती योग्य जमिन,त्यहाँका अधिकांस युवाहरु विकासित मुलुकहरुमा रहेर वर्षेनी करोडौं रेमिट्यान्स भित्राउँदै आएको र जिल्लामा समुदाय एक्लैले एम्वुलेन्स सेवा सहितको अस्पताल समेत चलाउन सुरु गरेको आँपचौर गाविसवासीले अरुले जस्तै पहिचान र पायक खोज्नु स्वभाविकै हो ।

जसलाई सम्वोधन गर्न सक्ने वा नसक्ने आयोगको विधी प्रकृयाको हातमा वा खरेलले भने झै कार्यदलकै नेताहरुको हातमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend