logo
  • शनिबार, भाद्र २० २०८३

क्याम्पस सञ्चालानार्थ गुल्मीको हस्तिचौरमा शैक्षिक तथा धार्मिक महोत्सव हुदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कृष्ण बिसी, गुल्मी कार्तिक १९ ।
गुल्मी जिल्लाको हस्तिचौर गाविस बडा न २ मा रहेको हिमालय उच्च माध्यमिक बिद्यालयमा गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव हुने भएको छ । जिल्लाकै नमुना प्राबिधिक शिक्षा र स्नातक तहको कक्षा सञ्चालनका लागी आउदो मसिंर २५ गते देखी पौष २ गतेसम्म बिद्यालयको प्रागंणमा उक्त महोत्सव सञ्चालन हुने भएको हो ।
shree-himalaya-higher-secondary-schoo1-doc
प्रविणताप्रमाण पत्र तह मात्रै सञ्चालनमा रहेको उक्त बिद्यालयमा बिभिन्न बिषय अन्र्तगत स्नातक तहका कक्षा सञ्चालन गर्नु मुख्य उदेश्य रहेको बिद्यालयका प्राचार्य दधिराम पन्थिले बताए । कक्षा १२ उत्तिर्ण गरे पछि हस्तिचौर लगाएत यस आसपासका बिद्यार्थीहरु सदरमुकाम पुगेरै स्नातक तह पढनुपर्ने बाध्यता रहदै आएको छ ।

महोत्सव पछि उक्त समस्या हटेर जानेमा यहाका स्थानिय आशावादी बनेका छन । बिद्यालयको शिक्षालाई प्रबिधीमैत्रि र स्नातक तहको कक्षा सञ्चालानार्थ महोत्सव गरिनु जिल्लामै नमुना हुने सरोकारवालाले बताएका छन । यतिखेर महोत्सवलाई सम्पन्न गर्नका लागी बिभिन्न उपसमितीहरु गठन गरि तैयारी तिब्र पारिएको छ । महोत्सवमा प्रवचनका लागी १०८ राष्ट्रशान्ति धार्मिक महोत्सवका सकंल्पकर्ता गोबिन्दशरण महाराज र मिरादेवी द्धारा प्रबचन हुने छ ।

महोत्सवमा गुल्मीकै ईतिहासमा पहिलो पटक संगितमय श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ,योग बिज्ञान शिबिर,बिराट धनधान्य महापर्व, राष्ट्रिय कलाकारबाट झाकि सहित भजनकिर्तन, ५ हजार १ सय शान्ति कलश पुजन,सहस्र शालिग्राम पुजन,शैक्षिक एवंम धार्मिक पुजा सामाग्री प्रदर्शनी गरिने बिद्यालयले जनाएको छ ।महोत्सवलाई सफल पार्न बिभिन्न राजनैतिक दल बुद्धिजिवी,शिक्षक, समाजसेवी,पत्रकार लगाएत सबैमा बिद्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend