logo
  • शनिबार, साउन ३० २०८३

४३ औं विश्व वातावरण तथा गणतन्त्र दिवसमा विविध कार्यक्रम


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुवास वि.सी. पाल्पा, जेष्ठ १४ ।
४३ औं विश्व वातावरण तथा गणतन्त्र दिवसको अवसरमा पाल्पामा विविध कार्यक्रमहरु सम्पन्न भएको छ । दिवसको अवसरमा शुक्रबार तानसेनमा दिगो एकिकृत फोहोर मैला व्यवस्थापन सम्बन्धि बृहत्त जनचेतना मुलक अभियान सम्पन्न भएको हो ।
palpa
फोहोर मैला व्यवस्थापन प्राविधिक केन्द्र ललितपुर, तानसेन नगरपालीका तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यलय पाल्पाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको सहयात्रामा संञ्चालित अभियानका क्रममा बञ्चेबाजा सहित तानसेनका विभिन्न चोक, स्थानमा सरसफाई तथा जनचेतना मुलक गीत सहित नगरपरिक्रमा गरिएको थियो ।
palpa1
प्रमुख जिल्ला अधिकारी बाबुरा गौतम, प्रहरी प्रमुख हरी बहादुर वाग्ले, जिल्ला विकास समितिका प्रमुख कृष्ण प्रसाद पाण्डे तथा राष्ट्रिय कलाकारहरुले संयुक्त रुपमा सरसफाई सहित कार्यक्रमको उद्घाटन गर्नु भएको हो । दिवसको अवसरमा पाल्पाको सुन्दर नगरि तानसेनलाई स्वाच्छ, सफा, सुन्दर, हराबरा बनाउने र पर्यटकीय आर्कषणको रुपमा विकसित गराउँने उद्देश्यले सरसफाई तथा जनचेतना मुलक अभियानको सुरुवात गरिएको आयोजकले जनाएका छन ।

अभियानका क्रममा राष्ट्रिय लोक दोहोरी कलाकार बम बहादुर कार्की, बद्री पंगेनी, चन्द्र शर्मा, हुम गैरे, अमृत अधिकारी, नीरु सुनार, श्रीस देवकोटा लगायतले सरसफाई सम्बन्धि जनचेतना मुलक प्रस्तुती राख्नु भएको थियो । कलाकारले गीतका माध्यमबाट परेछ सबैको नजर सफा राखौ पाल्पाको बजार, बुझै अब सबैले कुरा बाहिर फोहोर नफालौ हजुर, एउटा प्रश्न सोधे हजुर तिमी सफा गाउँ सफा छ, छैन् लगायतका लगाएतका चेतना मुलक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम तानसेन नगरपालिकाको हलमा समापन गरिएको थियो । समापन कार्यक्रम तानसेन नगरपालिकाका प्रमुख अनिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । भने स्वागत जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख केशव लाल शाक्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend