साझा नेटवर्क
न्युजर्सी अमेरिका ।
गैर आवासीय नेपाली संघको आसन्न चुनाब नजिकदै जादा नेतृत्वको पनि होडबाजी सुरु हुन थालेको छ । आफुलाइ अब्बल र सक्षम छु भनेर देखाउन विभिन्न संचार माध्यम मार्फत उमेद्वारी घोषणा लगायत आफुले गरेका कामहरुको समेत चर्चा परिचर्चा सुरु हुनको साथ साथै आफु नेतृत्व हाक्न सक्षम छु भन्ने कुराहरु र मतदाताहरुलाई आफ्नो पक्षमा पार्न गुटबन्दी सहित कसरत पनि सुरु भईसकेको छ ।
विस्वको शक्तिशालि मुलुक अमेरिकामा बस्दै आएका नेपालीहरुलाइ गैह्र आबसिय नेपाली संघको आसन्न चुनाब नजिकदै गर्दा आफु नेतृत्व सम्हाल्न सक्षम छु भनेर देखाउने होडबाजीनै सुरु भईसकेको छ । बिगत दुइ दशक देखि अमेरिका र कोरियामा बसेर आफ्नै ब्यापार ब्यबसाय सम्हाल्दै नेपालमा सामाजिक कार्यहरुमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका कुङ्गा ताक्तोक शेर्पाको पनि अहिले एनआरएनए अमेरिका देखि केन्द्र सम्म आफ्नो उम्मेदवारी घोषणा गर्ने कुराले चौतर्फी चर्चामा चुलिदै गएको छ ।
बिगत लामो समय देखि गैर आवासीय नेपालि संघलाइ नजिक बाट नियाली रहेका शेर्पाले संघमा नेतृत्व बर्गले सोचे अनुरुपको काम गर्न नसकेको हुदा साथै नेतृत्व वर्ग आफ्नो स्वार्थमा लिप्त भएको कारणले गर्दानै नेपाल र नेपालीहरुको हकहितको लागि काम गर्न नसकेको बिबिध कारणले गर्दा पनि अबको नेतृत्वमा आफुले उम्मेदवारी घोषणा गर्न सक्ने प्रबल सम्भाबना रहेको जानकारी उनि गराउछन ।
उनि भन्छन जुन उदेश्यको लागि गैर आवासीय नेपाली संघ गठन गरिएको थियो त्यो उदेश्य अहिले सम्म पुरा हुन सकेन त्यसकारण पनि संगठनलाइ मजबुत बनाउदै संसारभर छरिएर बसेका नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघलाइ माथि उठाउन एक सक्षम नेतृत्वको आबश्यक परेको हुदा आफुले उम्मेदवारी घोषणा गर्न सक्ने सम्भाबना रहेको उनि बताउछन ।
गैर आवासीय नेपालि संघ सम्पूर्ण बिदेशमा छरिएर बस्ने नेपालीहरुको साझा संगठन भएको हुदा एक सबल, सफल नेतृत्वको चाहना हुनु स्वाभाविकनै हो । अबको नेतृत्व भनेको व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संगठनको हकहित र सम्पूर्ण नेपालीहरुको बारेमा सोच्न र काम गर्न सक्ने क्षमता भएको सबल नेतृत्व हुनु पर्छ । गैह्र आबासिय नेपालि संघ कुनै राजनीति ,पैसा र जात जातीय विखण्डन गर्ने मात्र खेलमा चल्ने संगठन नहोस भन्ने कुरालाई शेर्पाले आत्मसात गर्दै अगाडी बढ्ने कुरा उनि बताउछन ।
सन १९९२ देखि नेपालमा अनाथ अपाङ्ग देखि शिक्षा, खेलखुद र संचारक्षेत्रमा सेवा गर्दै आफ्नो नेपाल आमा प्रतिको दायित्वलाई पनि निर्बाह गर्दै आएका शेर्पा भन्छन मलाई कुनै पनि संगठन भित्र राजनीति गर्नु छैन तर संगठन भित्रको चलखेललाइ खबरदारी गर्नु एक नागरिकको हैसियतले सबैको दायित्व हुन आउछ र उनि थप्छन उनलाई राम्रो सँग थाहा छ जब यस संगठनको जन्म भएको दिन देखि अाजसम्म यस संगठनलाई यहाँ सम्म लिएर अाउने हाम्रा अग्रजहरूको मेहनत, लगाब, परिश्रमलाइ हामीले बिर्सनु हुन्न ।
अहिले सम्म आफु कुनै पदको लोभ लाल्चामा नफसेको र पदलाई भन्दा काम र समाजसेवा लाइ प्राथमिकता दिदै र काम गर्दै आएको कारणले गर्दा पनि भाषण मात्र गर्ने भन्दा काम गर्न सक्ने सबल नेतृत्व हुन पर्छ, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नेपाल र संसारभर छरिएर बसेका गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्न सक्ने र संगठनलाइ मजबुत बनाएर सबैलाइ एकसाथ मिलाएर लान सक्ने क्षमता, ईच्छा शक्ति र ईमानदारी भएको नेतृत्वनै अबको एनआरएनएहरुको रोजाइ र चाहना हो र त्यहि कुरालाई मध्यनजर गर्दै आफु पनि अबको दिनमा अगाडी बढ्ने कुरा उनि बताउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend