साझा नेटवर्क
पाल्पा, सुवास वि.सी जेष्ठ १४ ।
पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान पाल्पाको अध्यक्षमा पुन रेखा थापा निर्वाचित हुनु भएको छ । शुक्रबार भएको प्रतिष्ठानको ५ औं जिल्ला अधिवेशनबाट थापा पुन अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अधिबेशनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले गर्नु भएको थियो । अधिवेशनबाट उपाध्यक्षमा पुरन गाहा, निरु सुनार, सचिव नन्दा पचभैया, सहसचिव रुपेश कार्की, कोषध्यक्ष कृष्ण थापा, सहकोषाध्यक्ष अनु खनाल निर्वाचित हुनु भएको छ । अधिबेशनले १९ सदस्य कार्यसमिति गठन गरेको छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ्ग, पूर्व अध्यक्ष दुर्गा रायमाझी, बरिष्ठ उपाध्यक्ष बद्री पंगेनी र केन्द्रिय सदस्य विमलराज क्षेत्री, बम बहादुर कार्की, चन्द्र शर्मा, खुमन अधिकारी, बैकुनथ महत, पुष्कर शर्मा, बाल चन्द्र बराल, जमुना राना, हुम गैरे, अमृत अधिकारी लगायतले अधिबेशनको पूर्ण सफलताको शुभकामना सहित प्रस्तुती राख्नु भएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय निर्वतमान महासचिव विष्णु खत्री, लुम्बीनी अञ्चल अध्यक्ष यम पाण्डे, दुर्गा रायमाझी, श्रीस देवकोटा, उद्योग वाणिज्य संघका उपाध्यक्ष मोहन श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । रेखा थापाको अध्यक्षतामा भएकोकार्यक्रम संचालन सचिव बुद्धि विकले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend