साझा नेटवर्क
साझा नेटवर्क, कार्तिक १४ ।
मान्छेलाई जन्मे पछी मृत्यु निश्चित छ तर कुनै मृत्यु यति दर्द्नाक हुन्छ कि जस्को पिडा असहनिय हुन्छ । त्यो पीडाको घाउ कहिल्यै निको नहुने गरि परिवार र आफन्तलाई मुटुमा छाप बनेर रहिरहन्छ ।
दैव पनि कति निस्ठुर बनिदियो कि एउटा फुल्न लागेको जीवनको फुल कपिला मै चुडेर लगिदियो । थुप्रै इच्छा, आकांक्षा र सपनाहरु चक्नाचुर भए । आमा बुवा र सम्पुर्ण परिवार नै स्तब्ध र शोकाकुल भएको छ ।
यस्तै बनाएको छ नियतिले एक सुन्दर परिवारलाई, प्यारी भदैनी (साली) आईसा न्यौपानेको १३ बर्षको अल्पायुमै २०७३\०७\०४ का दिन भएको असमायिक निधनले हामी तथा हाम्रो परिवार अत्यंतै मर्माहित भएका छौ । आज ११ औ दिनको पुण्यतिथिमा मृतात्माको चिर शान्ति र बैकुण्ठ बासको कामना सहित शोक संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति भगवान पशुपति नाथले प्रदान गरुन ।
हार्दिक श्रद्धाञ्जली
दिदी -रजिस्मा न्यौपाने (केसी)
भिनाजु -देबेन्द्र केसी
भाई -रदिप्सन केसी
र समस्त केसी परिवार
भुर्तुड्ग, ७, गुल्मी
मीडियाहरु –
साझा नेटवर्क डटकम – परिवार
ऐक्यबद्धता मासिक – काठमाण्डौ
नेपाल आवाज – परिवार
नेपाल पत्रकार महासंघ – भारत साखा
हाल मयुर बिहार – नयाँ दिल्ली, भारत
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend