logo
  • शनिबार, साउन ३० २०८३

चर्चित मोडल तथा गायिका भण्डारीको “माछी खोलीमा” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार “अविरल” पन्थी ।
चर्चित मोडल तथा गायिका शान्ति भण्डारीको पहिलो लोक दोहोरी एल्बम सार्वजनिक भएको छ । तिर्सना म्युजिक प्रा.ली.को प्रस्तुतिमा उक्त गित युटुब मार्फत सार्वजनिक गरिएको हो ।

santi bhandari

नेपाली गित सङ्गीतमा चर्चित बनेकी गायिका तथा मोडल भण्डारीका केहि वर्ष देखि गीतहरु बजारमा आएका छैनन । लामो समय देखि अमेरिकामा बस्दै आएकी भण्डारी गित सङ्गीतबाट टाढा भने गएकी होइनन । अमेरिकामा रहेपनि उनि विभिन्न देशमा आयोजना गरीएका सास्कृतिक कार्यक्रममा सहभागी हुदै आफ्ना प्रस्तुतीले दर्शक श्रोताहरुलाई मनोरंजन प्रदान गर्दै आएकी छिन ।
shanti 1
केहि महिना अगाडी नेपाल फर्केकी भण्डारीले आफ्नो पहिलो एल्वम निकालेकी हुन । श्रीकृष्ण बम मल्लको शब्द सङ्गीतमा उक्त एल्बममा रहेको “माछी खोलिमा खेल्छ” बोलको गीतमा चर्चित लोक तथा दोहोरी गायक राजु ढकाल र गायिका तथा मोडल शान्ति भण्डारीको  स्वर रहेको छ।

शंकर बिसीले निर्देशन गरेको गितको भिडियोमा गायिका तथा मोडल भण्डारी र गायक राजु ढकालले अभिनय गरेका छन । उक्त गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन तथा नविन घर्ति मगरले सम्पादन गरेका हुन ।


हेर्नुहोस भिडियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend