logo
  • शनिबार, भाद्र २० २०८३

बागलुङको १ विधालयलाई झापाली समाज कुवेतको आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सागर भण्डारी, बुर्तिबाङ कार्तिक १४।
बागलुङको पश्चिम स्थित देविस्थान गाउँ विकास समितिमा रहेको एक विद्यालयलाई झापाली समाज कुवेतले सहयोग रकम हस्तान्तरण गरेको छ ।गाविसको वडा नं ७ मा अवस्थित शिव प्राथमिक विद्यालयलाई समाजले एक औपचारिक कार्यक्रमका बीच सहयाग रकम प्रदान गरेको हो ।

गत श्रावण महिनामा परेको अविरल वर्षा सगैं विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि बाढी पहिरो पीडित शीर्षकमा समाजले आर्थिक राहत स्वरुप नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा झापाली समाज कुवेतका प्रतिनिधि एवं नेपाली मञ्च राष्ट्रिय कमिटी कुवेतका उपाध्यक्ष युवराज गैरे र स्थानीय समाजसेवी राम बस्नेतले उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण पछि बोल्दै उहाँहरुले विद्यालयलाई आगामी दिनहरुमा पनि आफुहरुको तर्फबाट यस खालको सहयोग भईराख्ने बताउनुभयो ।

त्यस्तै उहाँले हस्तान्तरण गरिएको रकमको सही सदुपयोग गर्न पनि आग्रह गर्नुभएको थियो । साथै सोही अवसरमै कुवेतमा रहनुभएका परसुराम सुनारले नगद १० हजार र तम बहादुर क्षेत्री व्यक्तिगत रुपमा नगद ५ हजार रुपैयाँ पनि सहयोग गर्नुभएको थियो ।

विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुल बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा झापाली समाज कुवेतका प्रतिनिधि एवं नेपाली मञ्च राष्ट्रिय कमिटी कुवेतका उपाध्यक्ष युवराज गैरे र स्थानीय समाजसेवी राम बस्नेतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजिवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सघंका पदाधिकारी, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयकी शिक्षिका श्याम कुमारी घर्तीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयकी प्रधानाध्यापक लेखा कुमारी घर्ती मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend