logo
  • शनिबार, भाद्र २० २०८३

प्रवासमा रोल्पालीहरुले मनाए दिपावली


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

नबराज पि.एम. कतार ।
हिन्दु नेपालीहरुको दोश्रो महान पर्व दिपावलीको अवसरमा रोल्पा जलजला सेवा समाज कतारको समन्वयमा सयुक्त रुपमा कतारमा स्थापित रोल्पाका विभिन्न गा.बि.स. स्तरिय तथा जातिय संघ सस्था हरुको सहभागीमा देउसी भैलो एवम दिपावलिको शुभकामना आदन प्रदान कार्यक्रम २८ अक्टोबर २०१६ का दिन सनैया स्टेट न.१३ जोहान रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ।
14877674_1065405020223451_483242051_n
रोल्पा जलजलाको इतिहासमा पहिलो पटक समग्र रोल्पालीहरुको एकै ठाउमा जमघाट र सयुक्त रुपमा शुभ दिपावलिको शुभकामना आदन प्रदान एवम देउसी भैलो कार्यक्रम सम्पन गरिएको छ। कार्यक्रमको सभापति रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष वसन्त थापा हुनुहुन्थ्यो भने प्रमुख अतिथी सेवा समाजका पुर्ब अध्यक्ष तथा बर्तमन सल्लाहकार संयोजक सुर्य बहादुर बिश्वकर्मा हुनुहुन्थ्यो। कार्यक्रम को उदघाटन सभापति, प्रमुख अतिथी, अन्य अतिथीहरुले सयुक्त रुपमा ब्यानर अनवारण र दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको कार्यक्रममा रोल्पा जलजला सेवा समाजका कोषाध्यक्ष शिव बुढाथोकीको स्वागत मन्तब्य र जलजला साङ्गेतिक समुहको स्वागत गीतबाट शुरु भएको कार्यक्रमको छोटो झलक विभिन्न अन्लाईन मिडिया तथा रोल्पा जलजला सेवा समाज कतारद्वारा नै संचालित प्रदेशिको सन्देश र प्रवासी आवाज कार्यक्रम रेडियो रोल्पाबाट कैलास घर्तिमगरको साथमा कार्यक्रम स्थलबाट महासचिव चोम बिष्टले प्रत्यक्ष प्रसारण जोडनु भएको थियो।

कार्यक्रममा तमु कोष समिती लिवाङ रोल्पाका सस्थापक एवम महासचिव छवि गुरुङ, बराहक्षेत्र संरक्षण समिती बडाचौर रोल्पाका अध्यक्ष बलाराम जैसी, राँक प्रवासी सेवा समाज कतार (राँक रोल्पा)का अध्यक्ष नबराज पुनमगर, थाम मिलिजुली सेवा समाज गुम्चाल रोल्पाका अध्यक्ष राम गुरुङ, दलित एकता संजाल कतार/बडाचौर ५ रोल्पाका महासचिव होम बि.क, जनप्रगतिशिल सेवा समाज सिर्प ७ का सचिब कुल बहादुर खड्का, रोल्पा तल्लो गुम्चाल प्रवासी सेवा समाजका अध्यक्ष हिरा बहादुर बिष्ट, रोल्पा जलजला सेवा समाजका पुर्ब महासचिव एवम् बर्तमान सल्लाहकार बुद्दिजिबी एकराज सुवेदी, रोल्पा जलजलाकै सस्थापक अध्यक्ष चेतमान रोकामगर, जलजलाका पुर्व अध्यक्ष बर्तमान सल्लाहकार संयोजक सुर्य बहादुर बिश्वकर्मा, समाज सेबि हिकमत अलि, भिम कर्ण गुरुङ, हर्क बहादुर खडका, गंगा रोका, नरेश बि.क., हिमाल खडका, दिपक कँवर, शान्त कुमार घर्तिमगर, रोल्पा जलजला सेवा समाजका प्रथम उपाध्यक्ष दिल नेपाली, शिव के.सि., लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम को बिच, बिचमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो बहु प्रतिभाशाली जलजला साङ्गेतिक समुहका दिपेन्द्र हिम्जाली ले मीठो स्वरमा देउसी भट्याउदै सब्बैले एकै स्वरमा देउसी खेलियको थियो। कलाकार हरु भगवती बस्याल, पुर्णिमा मगर, रीतु मगर, राकेश पुनमगर, हुकुम बि.क ले एकल नृत्य राख्नु भएको थियो भने जीवन खडका, गगन घर्तिमगर, पुर्णिमा मगर, रितु मगर ले गीत प्रस्तुत गर्नु भएको थियो। त्यसै गरि शिव बुढाथोकी ले सममय सान्दर्भिक गजल बाचन गर्नु भएको थियो।कार्यक्रम स्थल निकै रोमाञ्चक भएपछी रोल्पा जलजला का सस्थापक चेतमान रोका मगर ( वादल) ले समेत लाइफ दोहोरि गाउन पछि पर्नु भएन। चेतमान रोका मगर, दिपेन्द्र हिम्जाली र पुर्णुमा मगर, रितु मगर बिच भएको दोहोरीको झटारोले झन कार्यक्रमका सम्पुर्ण दर्शक, अतिथी हरुलाइ छमछमी नचाएको थियो।

आफ्नो मौलिक सस्कार र सस्कृती लाई बचाइराख्न र “प्रवासमा सम्पुर्ण रोल्पाली हरु लाई एकताको शुत्रमा बाध्ने हेतुले प्रवासमा सम्पुर्ण रोल्पाली हरु एक हौ भन्ने चाहाना बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना” भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रम को संचालन महासचिव चोम बिष्ट र सचिब देब राज पुन मगर ले गर्नु भएको थियो। कार्यक्रम को अन्तमा बोल्दै सभापति वसन्त थापाले जलजला को इतिहासमा पहिलो पटक एउटै आगनमा समग्र रोल्पाली हरुको जमाघाट भइ देउसी भैलो तथा शुभकामना आदन प्रदान भब्य रुपमा सम्पन्न भएको र आगामी दिनहरुमा पनि यसरी नै रोल्पाली हरु एक हुन आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहभागि जनाउनुहुने सबैलाइ धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend