logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको मजदुर हक हित संरक्षणमा राना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ १४ ।
कुनै राजनैतिक दल निकट नभई स्वतन्त्र रुपमा गत वर्ष पहिलो पटक गुल्मीमा विशुद्ध मजदुरहरुको संगठनका रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको निर्माण मजदुर हक हित संरक्षण समितिको आज सदरमुकाम तम्घासमा प्रथम साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिेवेशनले पुर्व अध्यक्ष ओले रानालाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा चुराबहादुर नेपालीलाई चयन गरेको छ । सचिवमा भद्रसिंह आले, कोषाध्यक्षमा विमाकुमारी आले चयन गरेको निर्वाचन अधिकृत अधिवक्ता वेदप्रसाद कुँवरले जानकारी दिए ।

उनका अनुसार सदस्यहरुमा सहविर बिक, गिता थापा, लालमती केसी , सुन्तली बिक र रञ्जीता राना रहेका छन् । त्यस्तै सल्लाहकार समिति संयोजकमा विरबहादुर आले, भुवन राना, खिमबहादुर घर्ति मगर, आकाश राई र भिमबहादुर बिक रहेका छन् ।

अधिवेशनमा नेकपा माओवादी केन्द्र गुल्मीका जिल्ला सचिवालय सदस्य अशोक थापाको प्रमुख आतिथ्यता थियो । अधिवेशनलाई सम्वोधन गर्दै उनले कुन राजनैतिक दल निकट नरहेर विशुद्ध मजदुरहरुको हक हितमा निर्माण मजदुर हक हित समिति लागेकोमा धन्यवाद दिए । प्रमुख अतिथी थापाले थप स्वतन्त्र रुपले त्यस समितिमा मजदुरहरु लामवद्ध हुनु पर्नेमा जोड दिएका थिए ।

समितिले बडागाउँका अग्नी पिडितहरुलाई सहयोग गर्नुका साथै अन्य उपचार नपाएर जिवन मरणको दोसाँधमा पुगेका मजदुरहरुलाई समेत आर्थिक र भौतिक सहयोग गर्दै आएको छ । अधिवेशनले निर्माण मजदुर हक हित समितिका सदस्यहरुलाई कार्य क्षेत्रमा मृत्यु भए १० हजार नगद दिने, घाईते भए ५ हजार र सुत्केरी भए १ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

यो सुरुवात मात्रै भएको भविश्यमा यो रकम वृद्धि गर्दै लगिने र मजदुरहरुको हक हितका लागि जस्तो सुकै सघर्ष गर्न पनि तयार रहेको नव निर्वाचित अध्यक्ष ओले रानाले बताए । रानाको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन अशोक राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend