साझा नेटवर्क
हिम शिखर, नयाँ दिल्ली भारत कार्तिक १३।
स्थापना को एक महिना नवित्दै मदन भन्डारी स्पोर्ट्स एकेडेमी भारत ले व्यापक रुप मा खेल क्षेत्र र खेलाडी को समग्र विकास को निम्ति आगामी कार्ययोजना बनाउन को लागि भारत को राजधानी दिल्ली को महिपालपुर स्थित होटल लुम्बिनी मा तेस्रो बैठक सम्पन्न गरेको छ ।
मदन भन्डारी स्पोर्ट्स एकेडेमी भारत का इन्चार्ज गोपाल थापाको प्रमुख आतिथ्य र कुल बहादुर सिन्जाली को अध्यक्षता मा बसेको उक्त बैठक ले आगामी डिसेम्बर पहिलो साता देखि भलिबल प्रतियोगिता गर्न भारतका विभिन्न शहर मा रहेका खेलाडी हरु लाई आव्हान गर्ने, धेरै भन्दा धेरै युवाहरूलाई संस्थामा आबद्ध गराउने, उक्त प्रतियोगिता को आयोजना सफल बनाउन सयोगार्थ केन्द्रिय समिति सग को छलफल को लागि कार्यसमिति बाट डेलिगेसन नेपाल पठाउने निर्णय गरेको थियो ।
उक्त बैठक मा महासचिव शिव थापा ,उपाध्यक्ष राम प्रसाद शर्मा , कोषाध्यक्ष अनुज खाती , सचिव पदम गाहा, सल्लाहकार ओमकार शर्मा,राहुल (बलराम रायमाझी ),नारायण गाहा, गंगा राना लगायत को उपस्थिति रहेको थियो ।
बैठक समापन सगै भारत शाखा इन्चार्ज गोपाल थापाले सपुण कार्यकारिणी पदाधिकारीहारु का भिजिटिङ कार्डहरु वितरण गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend