logo
  • शनिबार, भाद्र २० २०८३

कस्को हातमा छ, नेपालको राजनीतिको रिमोट?


  • हिम शिखर
  • शनिबार, भाद्र २० २०८३

-हिम शिखर ।
तत्कालीन भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यय लाई नेपाल फिर्ता बोलाउनु भन्दा केहीदिन अगाडि काठमाडौ देखि आउनु भएका एक अग्रज दाजुसग दिल्ली बाराखम्बा रोड स्थित नेपालि दूतावास पुगेका थियौ । राजदुतलाई भेट्ने योजना थियो तर राजदुत दिप कुमारको व्यस्तताको कारणले प्रतीक्षा गर्दै हामी दूतावासको लबि मै बसेका थियौ ।

त्यसैबेला एउटा तल देखि माथी सम्म सफेद Get Up मा रहेको High Profile जस्तो देखिने, अनुहार, हल्का मङगोलियन जस्तो देखिने मान्छे आयो , हामी भए नेर । म त चिन्दैन्थे , मेरो अग्रजले राम्रो संग चिन्नुदो रहेछ । उ सग नेपालको तत्कालीन राजनीति अबस्था बारे लामो कुराकानी भयो । हामी धेरै बोलेनौ उस्ले बढी नै कुरा छाट्यो । करिब डेढ घन्टाको कुराकानी पश्चात् हामी छुटियौ । उ एकातिर हामि अर्कोतिर आ- आफ्नो गन्तव्य तिर लागियो। म मा त्यो मान्छेको बारेमा जान्ने उत्सुकता जागेर आयो ।

मैले सगै रहेका अग्रज सग सोधेँ , को हो यो मान्छे ? ठुला ठुला कुरा गर्छ त यस्ले त ? उहाँले भन्नू भयो “ठुला ठुला कुरा हैन हिम शिखर भाइ यो ठुलै मान्छे हो “। दिल्लीमा यतिका वर्ष बस्दा पनि यो व्यक्तीलाई चिन्न सक्नु भएन । के गर्नु हुन्छ दिल्ली बसेर । यस्तै यस्तै धेरै प्रती प्रश्न गर्नु भयो मलाई, म नाजबाफ भए । फेरि उहाँले उस्को बारे बेलिबिस्तार लगाउदै भन्नू भयो ” यो व्यक्ति उनै व्यक्तिहरु मध्येको एक हो जस्ले नेपाली राजनीति र शासन सत्तामा हावी भै मन्त्रालय बाड्फाड देखि सभासद किनबेच सम्म गर्ने गर्छ ।

दिल्लीको रायसिना हिल देखि काठमाडौको बालुवाटार र सिंहदरबार सम्म के के भइरहेको हुन्छ यिनै मान्छेलाई सोधे पुग्छ । गैर कुटनैतिक माध्यमबाट नेपाल भारत राजनीतिक गतिविधि चलाउने यिनै हुन”। उहाँले भनेको कुरामा कति सत्यता छ त्यो त अझै खोतल्दै जानू पर्ला तर उक्त कुराबाट धेरै त सत्यता कै संकेत देखिदै आएको छ । नेपाली राजनीतिक परिवर्तन र अन्य घट्नाक्रममा भारतिय हस्तक्षेप प्रत्येक्ष वा परोक्ष दुबै ढंगले हुँदै आएको छ त्यो नयाँ कुरा होईन ।

भारत नेपाल विच सम्बन्धमा कुट्नितिक मर्यादा भन्दा बाहिर रहेर मध्यस्तको भुमिका गर्ने यो गिरोह अन्त्यतै घातक देखिन्छ । यसरी बेच्ने र बेचिने , बिक्ने र किन्ने र झुक्ने र झुकाउने चलखेल बारे सामान्य नागरिकलाई त के वर्षौ देखि राजनीति गर्दै आएका र देश र दुनियाँ बारे चौविसै घण्टा निगरानी राख्नेहरुलाई समेत थाहा नहुदो रहेछ । यस्को प्रभाव कति सम्म भइरहेको छ विदितै छ । राजनितिक अस्थिरता , सरकार परिवर्तन , विकाश निर्माणमा बाधा र व्यावधान , व्यापार घाटा , महंगाइ , अर्थतन्त्रको धरासायी आदि यसैका उपज हुन ।

जुनसुकै शासक आएपनी भारतको विदेश नीति विशेषगरि छिमेक नीति बृटिस उपनिवेश कै निरन्तरता जस्तो छ । कम्जोर राष्ट्रलाई आफू अनुकुल चलाउने नै उस्को विदेश नीतिको सार हो । नेपालको वामपन्थी राजनीतिलाई विगत चार दशक देखि नियाल्दै आएका र नेपाल मामलाका जानाकार मानिने भारतिय पत्रकार आनंद स्वरुप वर्माले एक अतरवार्तामा भनेका छ्न ” भारतको शासक वर्ग असाध्यै उद्द्ण्ड छ ।

उसलाई आफ्नो शक्ति र आर्थिक हैसियतमा निकै घमण्ड छ । उसले के सोच्छ भने उसले चाहेकै दिन नेपाल जस्ता मुलुकमा पाखुरा बटारेर आफ्नो कुरा लागू गराउन सक्छ” । भारत आफू आन्तरिक कलह र द्वन्दबाट छुटकारा पाउन सकेको छैन । कश्मिरमा विगत दुई महिना देखि निरन्तर कर्फ्यु र आन्दोलन जारी छ ।

महाराष्टमा जातीय आन्दोलनले उग्र रुप लिइरन्छ । पश्चिम बंगालमा नेपाली भाषीको बाहुल्य रहेको दार्जिलिङमा अलग गोर्खाल्यान्डको मागले विच विचमा धक्का दिदै आएको छ । फेरि पनि उस्ले छिमेकीहरुको आन्तरिक विवाद माथी खुट्टा हाल्ने काम गर्छ । नेपालका शासकहरुले उस्को आदेशको अवज्ञा गरे भने प्रतिसोधको नीति अपनाउने र नेपाली जनतालाई दु:ख दिने काम पटकपटक गर्दै आएको छ ।

अझ नभै नेपालको सुशासन र सुरक्षामा समेत आफ्नो दादागिरी देखाउदै आएको उदाहरण केहीदिन अगाडि अख्तियार प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रकरणमा भारतीय थिंक ट्यांक एव नेपाल मामिलाका जानकार मानिने एस डि मुनिलाई अ्मरेष कुमार सिंहले प्रचण्डसग भेट गराइ कार्की माथी लागेको महाअभियोग रोक्न दिएको दबावले पुष्ठि गर्छ ।

यदि नेपालका राजनीतिक दलहरुले यसरी नै भारतको आदेश पालना गर्दै जाने हो भने देखि, भारतीय गुप्तचर र मध्यस्थ दलालहरुको दुष्चक्रबाट मुक्त नहुने हो भने संविधान र संघीयताको आबरणमा मुलुकको केही हिस्सा भारतमा गाभ्ने षड्यन्त्रमा भारत सफल नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend