साझा नेटवर्क
गँगा खड्का, गुल्मी कार्तिक १२ ।
चाडपर्वको बेला वा घरमा कुनै पुजा पाठ छ भने महिलाहरुको महिनावारीको समय नजिक आईरहेका बेला एउटै कुरा सोच्छन् मेडिकल वा औषधि पसलमा पुगेर महिनावारी पर सार्ने औषधिको सेवन ।
नेपालमा बस्ने अधिकाँश महिलाहरुको लागी शुभ कार्यमा महिनावारी हुनु भनेको अशुभको सँकेत हो भन्ने बुझाई भएका कारण यस्तो अवस्थामा महिनावारी नहोस् भन्ने चाहान्छन् । त्यसैले उनिहरु ह्तारिएर औषधि पसलमा पुग्छन् र महिनावारी पर सार्ने औषधि माग्छन् ।
बिशेष गरी नेपालीको दोश्रो महान् चाड तिहार नजिकिएको छ । दिदि बहिनीहरुले दाजुभाईलाई टिका लगाएर आत्मियता साटसाट गर्ने गरिन्छ ।यस्तो अवस्थामा यदि महिलाहरु महिनावारी भए भने दाजुभाईलाई टिका लगाईदिन पाईदैन भन्ने सोच भएकोले महिनावारी पर सार्ने औषधिको खोजी मेडिकल र औषधि पसलमा छ्याप्छ्याप्तै पाईन्छ ।
तर महिनावारी पर सार्ने औषधिको प्रयोगले महिलाहरुको स्वास्थ्यमा के कस्तो असर पर्छ भन्ने तिर कसैले ध्यान दिईएको पाईदैन । न त सेवन गर्ने महिलाहरुलाई यो बारेमा जानकारी छ न औषधि बेच्ने औषधि ब्यवसायहरुले नै कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने जानकारी दिन्छन् ?
सामन्यतया महिनावारी पर सार्ने औषधिलाई “Norgest jf femitrome” भनिन्छ ।यो औषधि मेडिकल वा औषधिपसलमा पाईन्छ ।
औषधिको प्रयोग बाट हुने असरहरु
हातखुट्टा सुन्निने,कमजोरी महसुस हुने,भोक नलाग्ने,जस्ता असरहरु महिलाको स्वास्थ्यमा पर्ने गर्छ । साथै महिनावारी रौक्ने औषधिको सेवन बन्द गरेपछि महिलाहरुमा रगत बग्ने,उदासिने,चक्कर लाग्ने,रिँगटा लाग्ने,टाउको दुख्ने,निन्द्रा कम लाग्ने जस्ता समस्या आउने गर्छन् ।
कस्तो अवस्थामा प्रयोग गर्न मिल्दैन
मुटुको रोगी,नशामा रगत जाने समस्या भएका,यौनी बाट रगत बग्ने कारण थाहा नभएको अवस्थामा,जण्डिसको औषधि सेवन गरिरहेको अवस्था,स्तन क्यान्सर,र स्तनपान गराउने महिलाहरुले यो औषधिको सेवन गर्दा बढी खतरा हुने जिल्ला अस्पताल गुल्मीका प्रमुख डा श्याम चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार महिनावारी महिलाको सामन्य प्रक्रिया भएको ले महिनावारी पर सार्ने औषधिको सेवन नगर्न सम्पुर्ण महिलाहरुलाई आग्रह गरेका छन् । उनका अनुसार यो औषधिको प्रयोग ले महिलाको स्वास्थ्यमा असर पुग्नुका साथै गर्ने पर्ने भएमा डाक्टरको सल्लाह मा मात्रै प्रयोग गर्न अनुरोध गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend