logo
  • शनिबार, साउन ३० २०८३

राष्ट्रिय जनमोर्चा बुर्तिबाङले आजबाट देउसी भैलो कार्यक्रम सुरु ग¥यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिमल खड्का बागलुङ,कार्तिक ११ ।
राष्ट्रिय जनमोर्चा ग्राम समिति बुर्तिबाङले आजबाट देउसी भैलो कार्यक्रम सुरु गरेको जनाएको छ । आउँदै गरेको दिपावलीलाई मध्यनजर गरि उक्त देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चा बुर्तिबाङले जनाएको छ ।

हरेक वर्ष सञ्चालन गर्ने गरेको देउसी भैलो कार्यक्रम यस वर्षपनि सञ्चालन गरिएको बताएका  छन् । उक्त देउसी भैलो कार्यक्रम आजबाट सुरु भई आगामी कार्तिक १४ गतेसम्म बुर्तिबाङ बजारमा सञ्चालन हुने राष्ट्रिय जनमोर्चा बुर्तिबाङ ग्राम समिति उपाध्यक्ष धनबहादुर खत्रीले बताएका  छन्  ।

देउसी भैलो कार्यक्रमलाई रक्तिम साँस्कृतिक अभियान बुर्तिबाङ, अखिल छैठौं बुर्तिबाङले समेत साथ दिएको बताइएको छ । करिव दुई हप्ता लामो तालिम पछि आजबाट भैलो सुरु गरिएको रक्तिम साँस्कृत अभियानमा देवनारायण बुढाले बताए  । कार्यक्रममा प्रगतीशील तथा जनवादी गीत संगीत र नृत्य रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend