logo
  • शनिबार, साउन ३० २०८३

केपी ओलीका योजनाहरु पुरा हुन् थालेपछि, जनतामा खुशीयाली


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, जेठ १४।
अत्यन्त जोखिमपूर्ण यात्राको साधन तुइनलाई झोलुंगे पुल निर्माण गरी प्रतिस्थापन गर्ने सरकारी निर्णयबमोजिम विभिन्न जिल्लामा अहिले ५१ वटा झोलुंगे पुल निर्माण भइरहेका छन् भने तीनवटा निर्माण सम्पन्न भइसकेका छन् ।Kp-Oli-TIA-1-650x504

तुइनको जोखिमपूर्ण यात्राका क्रममा कतिपयको खसेर ज्यानसमेत गएको दुःखद घटनालाई ध्यानमा राखी प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेको दिन नागरिकसँग सरोकार रहेको विषयमा सम्बोधन गर्ने उद्देश्यका साथ मुलुकलाई दुईवर्षभित्र तुइनमुक्त बनाउने घोषणा गरेका थिए ।

त्यसबमोजिम कर्णाली, महाकाली र बागमती नदीमा गरी तीनवटा झोलुंगे पुल निर्माण भइसकेका छन् । बागमती नदीमा बनेको पुलले ललिलतपुर र रामेछापका बासिन्दा लभान्वित भएका छन् भने कर्णालीमा बनेको पुलबाट दैलेख र अछामका बासिन्दाले राहत पाएका छन् ।

त्यस्तै महाकाली नदीमा बनाइएको झोलुंगे पुलका कारण दार्चुलाको उकुक्षेत्र र भातलाई जोडेको छ । तुइनमा जोखिमपूर्ण यात्रा गर्ने विद्यार्थी तथा स्थानीयहरु झोलुङ्गे पुले बनिसकेपछि र बन्ने काम सुरु भएपछि हर्षित भएका छन् ।

भुलुकका ३७ जिल्लामा १७१ वटा तुइनमध्ये बाँकी १०१ को डिपिआर तयारहुदै गरेको प्रधानमन्त्रीका वरिष्ठ आर्थिक विकास विज्ञ गजेन्द्रप्रसाद थपिलियाले बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend