logo
  • शनिबार, साउन ३० २०८३

लोकमान प्रकरण सत्ता गठवन्धन तोड्ने खेलः कोईराला


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार गुल्मी, कार्तिक ८ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले लोकमान सिंह कार्की विरुद्ध ल्याईएको महाअभियोग प्रकरण अहिलेको सत्ता गठबन्धन तोड्ने खेलका रुपमा नेपाली कांग्रेसले लिएको बताएका छन् । उनले नेपाल प्रेस युनियन गुल्मी शाखाले आज विहान सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । koirala
उनले उति वेलै सिमित नेताहरुको लहडमा लोकमानलाई नियुक्त गरिएको असन्तुष्टी प्रकट गर्दैे भने –‘मैले त उति बेलै पार्टी लोकमानलाई नियुक्ती गर्नु गलत हो भनेकै थिएँ । ’ उति बेला तत्कालिन प्रधानमन्त्री सुशिलदा र ओली जीले आ–आफ्नो पार्टीमा समेत छलफल नगरी लोकमानसिंहलाई नियुक्ती गरेको असन्तुष्टी उनले पटक पटक दोहराई रहे ।

उनले थपे–‘ माओवादी केन्द्रले समेत कांग्रेस सत्ता साँझेदार दल हो , होईन भन्ने कुरा समेत विर्सिएर एमाले संग हात मिलायो,कमसेकम एक चोटी कांग्रेस संग त सल्लाह गर्नु पर्दथ्यो ।केहि महिना पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा सवैलाई जग जाहेरै भएको बताउँदै त्यसलाई अवरोध गर्न लोकमानसिंह प्रकण ल्याईएको उनको आरोप थियो ।

प्रष्ट शव्दमा तपाईहरु लोकमानसिंह महाअभियोगको पक्षमा कि विपक्षमा हुनुहुन्छ ? भनेर पटक पटक पत्रकारहरुले सोध्धा उनले आफुले अहिले पटक्कै नबताउने अडान लिए । उनले पटक पटक मैले त उति बैलै तत्कालिन प्रधानमन्त्री सुशिल दा,रामचन्द्र जी ,शेरबहादुर जि र ओली जीलाई लोकमानलाई ल्याउनै हुन्न भनेकै थिएँ भन्ने कुरा मात्रै दोहराए तर प्रष्ट शव्दमा केहि भन्न चाहेनन् ।

उनले डाक्टर गोविन्द केसीले उठाएका मागहरु समेत एउटा लहड मात्रै भएको टिप्पणी गरे । म पटक्कै गोविन्द केसीको पक्षमा छैन्, उनले मनमोहन अधिकारी मेमोरियल मेडिकल कलेज लगायतलाई ध्वस्त पार्ने षडयन्त्रका साथ त्यस्तो लहड निकालेका हुन् यसर्थ उनको पक्षमा म छँदै छैन् ’– कोईरालाले भने ।

पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य लक्ष्मण कर्ण लगायतका नेताहरु सहभागि थिए । नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा भुसालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend