logo
  • शनिबार, भाद्र २० २०८३

मदन भन्डारी स्पोर्ट्स एकेडेमी भारत को दोस्रो बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हिम शिखर,नयाँ दिल्ली  कार्तिक ७ ।
*”हाम्रो अभियान ,खेल र खेलाडिको उच्च सम्मान”* भन्ने मुल नारा का साथ भारतभर बसोबास गर्दै खेलकुद क्षेत्रमा उच्च पहिचान बनाउदै आएका युवाहरू र खेलकुद क्षेत्रमा रुचिकर युवाहरूलाई प्रोत्साहित गर्न ,युवाहरूको नैतिक, बौद्धिक ,शारीरिक विकास गर्न ,आपसी सद्भाव र भाइचारा कायम राख्न र खेल को माध्यम बाट राष्ट्र र राष्ट्रियता मजबुत बनाउन को निमित्त र खेल कै माध्यम बाट मित्र राष्ट्र भारत संगको सम्बन्ध लाई सन्तुलित बनाउने सकिने बताए ।14826316_10207816638201629_1272773201_n

गत सेप्टेम्बर २५ तारीख आइतबार को दिन गठ्न भएको नेपाल को खेलकुद क्षेत्रमा उल्लेखनीय कार्यगर्दै आएको “मदन भण्डारी स्पोर्ट्स एकेडमी नेपाल” को भारत शाखाको बैठ्क भारत को राजधानी दिल्ली को एतिहासिक स्थल इन्डियन कफि हाउस मा मदन भन्डारी स्पोर्ट्स एकेडमी भारत का इन्चार्ज गोपाल थापा को प्रमुख आतिथ्य मा र राम प्रसाद शर्मा अध्यक्षता मा सम्पन्न भएको छ ।14804921_10207816474197529_2144130806_n

उक्त बैठक ले मदन भन्डारी स्पोर्ट्स एकेडमी भारत का आगामी कार्यक्रम लाई योजनावद्ध ढंगले अगाडि बढाउन विभिन्न प्रस्ताव मा छ्लफल गरि आगामी डिसेम्बर मा भारत को राजधानी दिल्लीमा भलिबल प्रतियोगिता को आयोजना गर्ने र प्रतियोगिता को फाइनल को साझ वृहत् सांस्कृतिक कार्यक्रम गर्ने निर्णय भएको छ ।

उक्त कार्यक्रम को लागि नेपाल बाट ख्याती प्राप्त गायक गायिका र नृत्य कलाकार निम्ताउने निर्णय भएको उक्त एकेडमी का इन्चार्ज गोपाल थापा ले बताउनु भयो । उक्त बैठक मा मदन भण्डारी स्पोर्ट्स एकेडमी का सल्लाहकार ओमकार शर्मा, उपाध्यक्ष कुल बहादुर सिन्जाली महासचिव शिव थापा, कोषाध्यक्ष अनुज खाती , नारायण गाहा लगायत को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend