साझा नेटवर्क
कुमार अविरल/श्याम डि.सी, कतार कार्तिक ७।
बाके प्रवासी सेवा समाज दोहा कतारले शुभ दिपावली, छठ पर्वको शुभकामना आदान प्रदान तथा बृहत वनभोज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रकास कोइरालाको सभापति रहनु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एन.आर.एन आइ सिसि सदस्य श्री हंसराज ढकाल रहेको थियो ।
कार्यक्रममा दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष बसन्त राज पुरी, सुदुर पश्चिम सेवा समाजका सल्लाहकार प्रेम चलाउने, रोल्पा जलजला सेवा समाजका यकराज सुबेदी, कास्की आर्दश सेवा समाका दिल बहादुर खड्का, गुल्मी सेवा समाजका उपाध्यक्ष झबिन्द्र आचार्य, तमु गुरुङ्ग समाज कतारका महासचिव खुसी गुरुङ, बिश्वकर्मा समाज कतारका भिम बिश्वकर्मा लगायत अतिथि रहनुभएको थियो ।
साथै उक्त कार्यक्रममा रोजगारीको शिलशिलामा कतारलाई कर्म भुमि बनाउँदै आउनु भएका बाके वासी एवम गैर बाके बासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विधिवत रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा सस्थाको उपाध्यक्ष राज कुमार खत्रीले स्वागत मन्तब्यबाट कार्यक्रम सुरु गरिएको थियो ।
तेस्तै कार्यक्रममा बसन्तराज पुरी, प्रेम चलाउने, यकराज सुबेदी,दिल बहादुर खड्का, झबिन्द्र आचार्य, खुसी गुरुङ्ग, भिम बिश्वकर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गायक दिपक खत्रीले बाग्लुङ बजारमा नामक पन्चेबाजा गित मार्फत उपस्थित सबैलाइ नचाएका थिए । स्थानीय विभिन्न कलाकारहरुको प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।
अन्त्यमा संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति प्रकास कोइरालाले बोल्दै कार्यक्रम सभ्य भव्य रुपमा सम्पन्न बनाउनका लागि आ-आफ्नो ठाउबाट महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । कार्यक्रम संस्थाको महासचिब श्याम डि.सी.को संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend