साझा नेटवर्क
बुटवल, कार्तिक ६ ।
नेपाली काग्रेस तिलोत्तमा नगरपालिका वडा नम्वर २१मा पुर्व जनप्रतिनिधि स्वर्गिय श्रीताज यादवको ११ औं दिनको पुण्य तिथिमा शोक सभा गरेको छ ।
बुथ सभापति झबिलाल भुसालको सभापतित्व र काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणको आतिथ्यमा भएको सभामा नगरसचिव शिव गैरे, तत्कालिन मधवलीया गाउ सभापति कृष्ण शर्मा, उपााध्यक्ष नन्दलाल यादव वडा सचिव बिष्णु भण्डारी लगायतले स्वर्गिय यादवले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानका सम्वन्धमा चर्चा गर्नु भएको थियो ।
त्यस अवसरमा काग्रेस सचिव खाणले संबिधानको कार्यान्वयनका लागि काग्रेसले नेतृत्वदायी भुमिका खेल्ने बताउनु भयो । उहाले अख्तियार प्रमुख लोकमान कार्कीको महाअभियोग प्रस्तावका सम्वन्धमा काग्रेसलाई अन्यौलमा राखेर अघि बढ्न खोज्ने दलहरुको नियत के हो त्यो पनि स्पष्ट हुनु पर्ने बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend