logo
  • शनिबार, साउन ३० २०८३

हस्तीचौरको विकासमा कुनै कसुर बाँकी राख्दीनः विष्ट


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार गुल्मी ,कार्तिक ६।
नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नं.३ का सांसद गोकर्ण विष्टले हस्तिचौर गाविसको चौतर्फी विकाशका लागि आफुले कुनै कसुर बाँकी नराख्ने बताएको छन् । नेकपा एमाले गाउँ हस्तिचौर गाउँ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका छन् ।

नेटा विष्टले छल्दीपनाह देखि रातडाँडा हँदै ईन्द्रेगौडा जाने मोटरबाटाको स्तर बृद्धि र कालो पत्रेका लागि काम शुरु भईसकेको , त्यसको लागि यस वर्ष ३० करोडको टेण्डर भईसकेको बताएका थिए । त्यस्तै उनले छल्दीटार देखि दर्लामचौर ईस्मा ,अर्खबाङ र बाग्लुङगको गंगारे हुदै ढोरपाटन जोड्ने मोटरबाटोको स्तर बृद्धिको कार्य पनि भईरहेको जानकारी दिए ।

त्यस्तै पनाह देखि हस्तिचौरको पालुखा जोड्ने पक्की पुल बनाउने प्रकृया शूरु भएको , हस्तिचौरमा प्रत्येक वडाहरु जोड्ने मोटरबाटो, शैक्षिक संस्था लगायतको विकास निर्माणमा थुप्रै कार्यहरु गरिएको पनि बताएका थिए । उनको प्रमुख आतिथ्यतामा आयोजित भेलामा विभिन्न पार्टि परित्याग गरी करिब एक दर्जन भन्दा बढि कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य कृष्ण सुनार, जिल्ला सदस्य टिका रेश्मी, लगायतको विशेष आतिथ्यता रहेको थियो ।नेकपा एमाले हस्तिचौर गाउँ कमिटी अध्यक्ष राम मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जमुना थापाको स्वागत मन्तव्य, सचिव नारायण कुवँरको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend