साझा नेटवर्क
अनिल खत्री, गुल्मी कार्तिक ४ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रपार्टी परित्याग गरि ६७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले दर्लामचौर गाउँकमिटीले आयोजना गरेको बिस्तारित पार्टी भेलामा नेकपा माओवादी केन्द्र गुल्मीका जिल्ला कमिटी सदस्य तोयनाथ सापकोट र नेपाली कांग्रेसबाट पूर्व गाविस उपाध्यक्ष महेन्द्र अधिकारी सहित ६७ जना कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका हुन ।
पार्टीमा प्रबेश गर्नेहरुलाई नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले टिका तथा माला लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो । नव प्रबेशीहरुलाई स्वागत गर्दै एमाले सचिव एबं संसद बिष्टले देस र जनताको मर्म अनुरुप चल्ने पार्टी भनेकै नेकपा एमाले मात्र भएकोले यो पार्टीमा सबै अटने र अटाउने बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले गुल्मीका कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्त, जिल्ला कमिटी सदस्य लक्ष्मण पराजुली, लक्ष्मण बिष्ट, क्षेत्रिय सचिव ओम कार्की, अनेरास्वयिू गुल्मीका सह–संयोजक शोभाखर गिरी लगायतको सहभागिता रहेको थियो । नेकपा एमाले दर्लामचौर गाउकिमटी अध्यक्ष प्रेम भुसालको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष प्रेम खत्रीको स्वागत रनारायण पैयानीको सञ्चालन रहेको थियो ।

नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले जिल्लाका बिभिन्न गाविसमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बिस्तारित भेलाको लागी साताव्यापी कार्यक्रमको लागी संसद गोकर्ण बिष्ट गुल्मी आउनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend