logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको गौडाकोट जुभुङ शान्तिपुर सडक निर्माण कार्य तिहारपछि : भण्डारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुवास वि.सी गुल्मी, असोज ३० ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी जिल्लाका सवासद चन्द्र भन्डारीले तिहार पछि फास्ट ट्रयाक अन्तर्गत खर्ज्याङ,गौडाकोट,जुभुङ्ग,शान्तिपुर सडक बिस्तारको कार्य संचालन गर्ने बताएका छन्। 14620039_991650440981010_1300413634_n

कार्यकर्ता भेटघाट कार्यक्रममा जुभुङग आउनुभएको भण्डारीले बुटवल बाट १ घन्टामा खर्ज्याङ आउने बाटो, त्यसैलाई बिस्तार गर्ने जुभुङ्ग,शान्तिपुर मोटरबाटोको १३ करोड बजेट परे पनि काम संचालन नभएको र तिहार पछि संचालनमा ल्याउने बताए।14686592_991650550980999_139799133_n

“जनताको मत जनप्रतिनिधिलाई,सवासदको कार्यकाल जनबिकासमा ल्याउने”भन्दै जुभुङ्गमा रहेको शैक्षिक ,खानेपानी,ग्रामीण सडकको काम गर्दै आएको र आझ काम गर्दै जाने बताउनु भएको छ ।कार्यक्रममा कर्याकर्ताले जुभुङ्ग १ रहेको भगवती मन्दिरको कम्पाउड बनाउने,काब्रेपोखरी उ.मा.विको छात्रा शौचालय निर्माणको लागि अपुग आर्थिक,हुल्टुङ्ग र घोराको खानेपानी समस्या समाधानको मागलाई भण्डारीले तुरुन्तै काम अगाडि बढाउने बताएका छन् ।14741786_991650704314317_578288476_n

जुभुङगमा आउनु भएको भण्डारीले भगवती मन्दिर,झिरवासमा रहेको पैचो पसल,युवाद्वार संचालित कृषि फर्मको पनि अवलोकन गर्नु भएको थियो । भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,ने.का जिल्ला सचीव खिलधोज पन्थी,ने.का क्षेत्र न.२ का सचिव धातानन्द भण्डारी,नेपाल महिला संघ जिल्ला सभापति बिष्णु सापकोटा तथा जुभुङ्ग गा.वि.सका सक्रिय कर्याकर्ताको उपस्थिति हरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend