साझा नेटवर्क
संगीता कुँवर, टोकियो असोज ३० ।
गुल्मेली समाज जापानले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । टोकियोको सिमबासीमा सम्पन्न कार्यक्रममा कार्यसमितीका सदस्यहरुले एकआपसमा शुभकामना प्रदान गरेका थिए ।

गुल्मीमा जन्मिएर जापानमा व्यापार,काम पढाई जागीरको शिलशिलामा जापान रहेका नेपालीले गठन गरेको समाजको स्थापना २००९ मा भएको हो । कार्यक्रममा
एनआरएनका उपाध्यक्ष देविलाल भण्डारी,गुल्मीसेवा समाजका अध्यक्ष शालीकराम भण्डारी,उपाध्यक्ष धुव्र बस्नेत लगाएतको उपस्थीति रहेको थियो ।

समाजले दजागोट आगलागी पिडित, भुकम्प पिडित लगाएतका नेपालीका दुखमा सहयोगी बन्दै काम गरिरहेकोले आगामि दिनमा पनि सबै मिलेर अगाडी बढ्नेमा प्रतिबद्दता ब्यक्त गरेका थिए । दशै मनाउन धेरै सदस्य नेपालमा रहेकोले जापानमा रहेका कार्यसमितिका व्यक्तीको सहभागीता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend