logo
  • शनिबार, साउन ३० २०८३

प्रचण्ड, मोदी र सी जिनपिङबीच त्रीपक्षीय वार्ता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

त्रिदेशीय साझेदारीः मोदी र सी जिनपिङलाई नेपालको नयाँ प्रस्ताव गोवामा
काठमाडौं असोज ३०।
भारतको गोवामा ब्रिक्स सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल, भारत र चीन ‘त्रिदेशीय रणनीतिक साझेदारी’ निर्माण गर्न निमित शनिबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई एकैसाथमा राखेर ‘त्रिदेशीय रणनीतिक साझेदारी’ को प्रस्ताव राखेका हुन् ।आपसमा सहमत भएका छन् । modi-prachanda-xi-768x399

भारतको गोवामा रहेका प्रधानमन्त्री प्रचण्डले भारत र चीनलाई हेर्ने दृष्टिकोणलाई लिएर नेपालमा चर्को राजनीतिक बहस हुने गरेका बेला प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीवीच गोवामा त्रिपक्षीय वार्ता भएको छ ।शनिबार साँझ प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई भेटेका थिए ।prachanda-and-xi-jinping-22

त्यसपछि आज आइतबार भारतीय प्रधानमन्त्री मोदी र प्रचण्डवीच भेट गर्ने कार्यसूची थियो । तर, कार्यसूचीमै नपरे पनि मोदीले शनिबार नै सी जिनपिङसहित प्रचण्डसँग त्रिपक्षीय छलफल गरेका छन् ।यो छलफल नेपालको इतिहासमा कोशेढुंगा भएको प्रचण्डको दाबी छ ।prachanda-and-modi-meet-8-768x559

भेटमा प्रचण्डले दुई छिमेकीप्रति नेपालको समदुरीको सम्बन्ध रहेको र नेपालले भारत र चीनलाई जोड्ने पुलको काम गर्ने भन्दै त्रिदेशीय रणनीतिक साझेदारीको नयाँ प्रस्ताव अघि सारेका छन् ।प्रधानमन्त्री प्रचण्ड, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बि्रक्स र बिमिस्टेक देशहरुबीचको आउटरिच सम्मेलनको अघिल्लो दिन भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।xi-jinping-and-prachanda-768x441

प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपति सी जिनपिङबीच २० मिनेट ‘वान टु वान’ वार्तालगत्तै प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच त्रिपक्षीय भेटवार्ता भएको हो ।

प्रचण्डले के-के भने ?

भेटवार्तामा नेपालका प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराए ।

‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक बि्रज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे महत्व दिएर कुरा राखें ।’

प्रधानमन्त्री प्रचण्डले अगाडि भने- ‘भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो ।’प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल जसरी भारत र चीनको बीचमा छ, वार्ताका क्रममा पनि भारत र चीनका बीचमै नेपाल थियो ।

हाम्रो छलफल निकै सौहार्दपूर्ण रहृयो । नेपालले उठाएको रणनीतिक साझेदारीको प्रस्तावमा दुवै नेताहरुले उत्साहित भएर समर्थन गर्नुभएको छ ।’चिनियाँ राष्ट्रपतिले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्न सक्ने बताएका छन्

भेटमा प्रधानमन्त्री प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराएका थिए । आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्न सक्ने प्रचण्डले दुबै देशहका सरकार प्रमुखहरुलाई बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको मोदी र सीलाई स्मरण गराएका थिए ।नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको द्वीपक्षीय भेटपछि भएको यो त्रीपक्षीय वार्ताले नेपाल, भारत र चीनबीच युगीन सम्बन्ध स्थापित गर्न विशेष भूमिका खेल्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

चिनियाँ राष्ट्रपतिले भने- नेपालले पुलको काम गर्न सक्छ

त्रिपक्षीय भेटका अवसरमा चिनियाँ राष्ट्रपति सीले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्न सक्ने बताएको प्रचण्डको निजी सचिवालयको भनाइ छ ।

सचिवालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपालबाट प्रस्तावित त्रिदेशीय साझेदारीको मुद्दा महत्वपूर्ण रहेको र यसमा चीन सकारात्मक रहेको बताएका थिए । सीले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

नेपालको प्रस्तावमा मोदीको समर्थन

भेट वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक एवं सांस्कृतिक मित्रता रहेको भेटमा बताए । सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको जानकारी दिएको प्रचण्डको सचिवालयले दाबी गरेको छ ।

मोदीले त्रिपक्षीय भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सीको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन र्फकेपछि गुजरातको संस्कृति र रहन-सहनबारे चीनमा प्रचार गरेको स्मरण गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले यो भेटलाई दुई ठूला राष्ट्रपीच नेपालले आफ्नो समदुरीबारे स्पष्ट पार्ने कार्यमा उपयोग गरेको देखिन्छ । अर्कोतर्फ नेपाललाई हेर्ने सवालमा भारत र चीनको एउटै दृष्टिकोण बन्न लागेको संकेत पनि यसले दिएको छ ।

तर, नेपालको राजनीतिक रंगमञ्चमा देखिने ‘भारतपरस्त’ वा ‘चीनपरस्त’ हरुका लागि भने यो त्रिपक्षीय वार्ता एउटा नयाँ दृश्य बन्न पुगेको छ । यद्यपि प्रचण्डले अगाडि सारेको त्रिदेशीय रणनीतिक साझेदारीको स्पष्ट खाका भने ल्याइएको छैन ।

तीन देशका सरकार प्रमुखहरुको भेटमा प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाल पनि सँगै थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend