साझा नेटवर्क
दीलिप पराजुली दोहा असोज २९ ।
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा कतारमा साहित्यिक वाचन श्रृंखलाको ६२ औं डबली सम्पन्न भएको छ । कार्यक्रम दोहाको टपफम रेष्टुरेन्टमा सम्पन्न भएको हो । वाचन श्रृंखलाको ६२ औं डबलीमा विशिष्ट श्रोताको रुपमा जनजाती महासंघ कतारका अध्यक्ष शियाराम चौधरी रहेका थिए ।
कार्यक्रममा २५ भन्दा बढी साहित्यिक सर्जकहरुले आफ्नो सृजना वाचन गरेका थिए। कार्यक्रमलाई के.बि.लिम्बुले सन्चालन गरेका थिए भने राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमा साहित्यकार तथा गजलकारहरुले आ आफ्ना रचना सुनाएका थिए । 
जसमा तिर्थ संगम राई, सिताराम थापा, कमल जलन आशु ,राजन राई, ओम दाहाल, नगेन सावा दीप मिलन, बेचन महतो, कर्ण बहादुर लिम्बु, के.बि. लिम्बुले कविता सुनाएका थिए भने दीलिप पराजुली, यादब रेग्मी, उमेश कालिकोट चक्र कार्की, विजय फेम्बो, बिन्दा लामा, टिका खड्का, बिन्देश्वर ठाकुर, रुप रसाइली, ईश्वर लजालु राई, सुबास सापकोटा आदिले गजल सुनाएका थिए । 
कार्यक्रममा दोहाका सामाजिक अभियन्ता हरुको पनि निकै बाक्लो उपस्तिथी रहेको थियो । कार्यक्रममा अनेसास कतारका अध्यक्ष तिर्थ संगम राईले आउने महिना कतारमा नेपालबाट कबि हेमन यात्री आउने हुदा कतारमा हुने सम्पूर्ण साहित्यक मित्रहरुलाई उपस्थिति हुन आग्रह गर्दै उनको एकल बाचन बारे समेत जानकारी गराएका थिए।
कार्यक्रमको अन्तिममा विशिष्ट स्रोता सियाराम चौधरीले लामो समय देखि चलेको यो डबलीलाई बाहिरबाट चाहि नियाले पनि प्रतक्ष्य रुपमा यसमा सहभागी हुन नसकेको आफु निकै दुखि भएको बताए। आफु पनि साहित्यलाई निकै माया गर्ने भएकाले पनि समयको पाबन्धिले उपस्थित हुन नसकेको बताउदै आउने दिनहरुमा उपयुक्त समय मिलेको खण्डमा डबली नछुटाउने कुरा बताए ।
बिसिष्ट स्रोता चौधरीले साहित्यिक डबलीको निरन्तरता सधै यसरि नि होस् भन्ने शुभकामना समेत दिदै दोहाको हरेक कार्यक्रम भन्दा निकै फरक लागेको यो कार्यक्रमबाट सामाजिक सस्थाहरुले केहि कुरा सिक्नु पर्ने बताए ।
बिना भाषण बाजी रहेको उक्त कार्यक्रम निकै सौहार्धपूर्ण बातावरण सम्पन्न भएको भन्दै प्रवासमा रहेर पनी साहित्यको जमघट हुनुले नेपाली साहित्य र सृजनामा थप टेवा पुगेको बताए साहित्य प्रकाश जस्तै सफा र चम्किलो हुन्छ, जुन सुकै क्षेत्र, प्रदेशका भए पनि साहित्यले यौटै प्रकाश दिने धारणा व्यक्त गरे ।
बिभिन्न कार्यक्रममा प्रमुख अतिथि, अतिथि भए पनि साहित्यिक कार्यक्रम यो जिबनको पहिलो पटक भएको बताए । उनले सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend