साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी जेठ १४ ।
रुद्राबति तरकारी उत्पादक कृषक समुह मुसीकोट ६ सारुटोलामा कृषि सम्बन्धी गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा कृषि सम्बन्धी सरसल्लाह, कृषिको आधुनिकिकरण, बिउ बिजन, तालीम लगायतको बिषयमा कृषि सम्पर्क केन्द्र वामीका प्रमुख बिरेन्द्र रावतले बिशेष प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा समुहका कृषकहरुलाई धान, गोलभेडा, मुलाको बिउ बिजन बितरण गरिएको थियो भने कृषि सम्पर्क केन्द्र प्रमुख रावतलाई फुलमाला र दोसल्लाले सम्मान गरिएको थियो । गेष्ठिमा समहुकका कृषकहरु, समाजसेबी लगायतको सहभागीता रहेको थियो भने सञ्चालन अध्यक्ष कौरब खत्रीले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend