logo
  • शनिबार, साउन ३० २०८३

मान्छे असली मानव कसरी बन्ला ?


  • -हिम शिखर
  • शनिबार, साउन ३० २०८३

-हिमशिखर ।
भौतिक जगतमा आएको परिवर्तन सगै मानिसको चेतना र सोचमा पनि परिवर्तन आउँछ भनेर कसरी भन्ने ? पछिल्लो दुई दशकमा भएको विज्ञान र प्रविधिको तिव्र विकासले पुरानो सोच र संस्कारमा कति परिवर्तन ल्यायो त ? मानव उत्पत्तिको यत्रो लामो कालखण्डमा मानव सोच र चेतनाको परिवर्तनको मापन गर्दा कस्तो रेखाचित्र कोरिएला ?

पुरुष र महिला मिलेर एउटा सुन्दर बच्चा जन मिन्छ । उ पवित्र हुन्छ र उसको मस्तिष्क पुणरुपमा कोरा अथवा खाली हुन्छ । नत उ कुनै धर्मको हुन्छ , नत सम्प्रदायको हुन्छ । उ नत कुनै जातको हुन्छ, नत कुनै वर्गको । उ नत कुनै छुत हुन्छ, नत कुनै अछुत हुन्छ ।

उ त एउटा पवित्र मानव प्राणी अथवा जाती हुन्छ । उसलाई जस्तो खालको परवरिस वा पालन पोषण , संस्कार, शिक्षा दीक्षा दिइन्छ उ त्यस्तै बन्छ । उसको हातमा बन्दुक थमाए , पड्काउदै हिड्छ , अगरबत्ती थमाए पुजा गर्दै हिड्छ । किताब ,कापी र कलम थमाए पढ्दै लेख्दै हिड्छ ।

अर्को कुरा मानव सोच र चेतना अभिबृद्दी तथा परिवर्तन विज्ञान र प्रविधिले भन्दा कुन भूगोलमा जन्मेको हो, कुनपरिवेशमा हुर्केको हो र कुन संस्कार र कस्तो स्कुलिङबाट दिक्षित भएको हो त्यसले बढी प्रभाव तथा परिवर्तन गर्दो रहेछ ।

विकसित देश र भूगोलमा जन्मेको बच्चालाई के सिकाइन्छ र सिक्छ , अनि अबिकसित भूगोल र देश तथा मानसिक दरिद्रताले ग्रसित देशमा जन्मेको बच्चालाई के सिकाइन्छ र सिक्छ त्यो सर्वविदितै छ ।

आइन्स्टाइन, डर्विन, काल्र्समार्क्स, गौतम बुद्ध, जेसस, राम, कृष्ण, मोहम्मद, गोविन्द्सिन्ह, महावीर र तिन्का अनुवाइ, मनु र चाणक्यले के गरे र के सिकाए के सन्देश छोडेर गए ? भ्रम सिकाए कि वास्तविकता ? जस्ले मान्यो त्यो अन्धविश्वास र भ्रमको जालमा फस्यो , जस्ले जान्यो, ती धेरै अगाडि , धेरै माथी र उचाईमा पुगे ।

विशेषगरी मानव इतिहासमा तथाकथित महापुरुश र महामानव भन्दै पुज्दै गरेकाहरुले र अघिल्लोले पछिल्लोलाई पिडिदर पिडि misguide गरेको हुनाले मानव जातिले मानव जातिलाई हेर्ने दृष्टिकोण, गर्ने ब्यावहार, आचरण, गलत परम्परा, अन्धविश्वास सबैचिज मानव मस्तिष्कमा दुर्गन्धित गोवर बनेर टासिएर बस्यो ।

त्यो गोबरलाई पूरा साफ र पवित्र बनाउन अहिलेको Generation ले आगामी Generation लाई सहि नैतिक पाठ पढाउदै ठिक सग मार्ग्दशन गर्नु सक्नु पर्छ । तब मात्र मान्छे असली मानव बन्न सक्ला कि ?

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend