साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज २१।
परिवर्तनशील युवा क्लव राजकुत बाग्लुङले आयोजना गरेको दशैं बिशेष कार्यक्रमहरु आज पनि जारी रहेको छ । विजयादशमीको अवसरमा आयोजना गरिएको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु मध्ये आज पनि भलिबल प्रतियोगिताका खेलहरु सम्पन्न भएको बताइएको छ ।
भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । जस अनुसार आज भएको पुरुष भलिबल खेलमा लगनशिल युवा क्लब राजकुत चोलाङ ,वडा नागरिक मन्च राजकुत, सनराइज युवा क्लब जुग्जाखोला र बहुमुखी समाज युवा क्लब राजकुत सेमी फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
आयोजित अन्य कार्यक्रमहरु भोलि पनि निरन्तर जारी रहने बताइएको छ ,हाम्रा सहकर्मी टीका गुरुङले राजकुतबाट समाचार पठाउनु भएको छ ।त्यसैगरि जिल्लाको भिमगिठे गाउँ बिकास समिति स्थित स्थानीय खड्ग जयन्ती युवा क्लबले दशैका अबसरमा आयोजाना गरेका विविध खेलकुद कार्यक्रमहरु आज पनि जारी रहेको बताएको छ ।
आयोजित पुरुष भलिबल प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको छ भने आजभएको पुरुष भलिबलमा प्रतियोगितामा भिमगिठे युवा क्लब बि र आयोजक समुह सि बिच भएको खेलमा भिमगिठे युवा क्लब अधिल्लो चरणमा प्रबेश गरेको छ भने देबिस्थान युवा क्लब रिनाम र न्यु स्पोर्ट युवा क्लब माझर्खक बिच भएको खेलमा देबिस्थान युवा क्लब रिनाम अघिल्लो चरणम प्रबेश गरेको क्लबले जनाएको छ ।
बाकी अन्य कार्यक्रममहरु भोली बिहान ९ बजेबाट हुने र क्लबले आयोजना गरेको विविध कार्यक्रमको औपचिरक रुपमा उद्घाटन हुने बताएको छ। त्यस्तै आज बुर्तिबाङ वडा नम्बर ७ मा गठित जनजागरण बाल क्लबले दशैको अबसरमा आयोजना गरेका कार्यक्रमहरुको उद्घाटन गरिएको छ ।
कार्यक्रममा क्लबका अध्क्षय कमल कार्कीको अध्क्षता रहेको उक्त कार्यक्रममा समाजसेवी बाल कृष्ण घर्तिमगरको प्रमुख आथित्याता रहेको थियो । कार्यक्रममा बोल्दै बालबालिकाले समाजमुखि कामहरुलाई अगाडी बदाउदै जानुपर्ने उहाँले बताउनुभएको छ । आज भएको भलिबल प्रतियोगितामा १५ टिमको सहभागिता रहेकोमा ४ टिम अघिल्लो चरणमा प्रबेश गरेका बताए ।
कार्यक्रममा कल्बका सचिब श्याम बहादुर बिकको स्वागत मन्तव्य र संचालन जनकल्याण निमाबिका शिक्षक धन बहादुर कार्कीले गर्नुभएको थियो । क्लबले आयोजना गरेका हाजिरी जवाफ , एकल डान्स प्रतियोगिता भोलि हुदैछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend