साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी असोज २१।
बोहरागाउँको थापागाउँ स्थित स्थानीय खाँडामष्ट युवा क्लबको दोस्रो वार्षिकोत्सव तथा विजया दशमीको अवसरमा आयोजित विविध खेलकुद कार्यक्रम आज पनि सुचारु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन महाअष्टमीको दिन गरिने भए पनि भलिबल लगायतका खेलकुद कार्यक्रमहरु हिजोदेखि नै सुरु भएको बताइएको छ । आज भएको क्लब स्तरिय भलिबल प्रतियोगितामा गोरुजुरे फाउण्डेसन युवा क्लब याङम्याङ ए समूहलाई पराजित गर्दै क्षेत्री समाज काल्नेचौर अघिल्लो चरणमा प्रवेश गरेको छ भने त्यैगरि इन्द्रेणि युवा क्लब ढुवाँखोरलाई पराजित गर्दै स्टार युवा क्लब छापखानी र गोरुजुरे फाउण्डेसन बी समूहलाई पराजित गर्दै धाराखर्क युवा क्लब अर्काे चरणको खेलमा प्रवेश गरेका छन् ।
बाँकी खेलहरु भोलिपनि सुचारु हुने आयोजकले जनाएको छ । त्यसैगरि संस्थाको दोस्रोबार्षिकोत्सव तथा विजयादशमीको अवसरमा क्लबले पन्चे बाजामा मायाली भाका, खुल्ला रस्सा कस्सा,घैंटोफोर,वाटर फिलिङ लगायतका प्रतियोगिताका साथै सरसफाई घर सम्मान,गरिब तथा जेहेन्दार विद्यार्थी सम्मान, समाजसेवी सम्मान लगायतका कार्यक्रममहरुको आयोजना गरिएको बताईएको छ ।
राष्ट्रिय कलाकारहरुको उपस्थिति विविध साँस्कृतिक कार्यक्रम सहित स्थानीय खाँडामष्ट मन्दिरमा मनाइने महाअष्टमी पर्वको अवसर पारि कार्यक्रमको औपचारिक उद्घाटन गरिने क्लबका अध्यक्ष इन्द्रलाल रेग्मीले जानाकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend