logo
  • शनिबार, साउन ३० २०८३

नयाँ शक्ति नेपाल द्वारा दशै तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डौ असोज २१ ।
नयाँ शक्ति पाटी नेपाल, क्षेत्र नं. ३ बाग्लुङ्को  आयोजनामा आज बुर्तिबाङमा दशैतिहारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक कुशल बुढाको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा उहाँले विकसित एवं समृद्ध नेपालका लागि नयाँ शक्ति पार्टीको आवश्यकता रहेको भन्दै अब आर्थिक क्रान्तिले मात्र देशको मुहार फेर्न सकिने बताउनु भयो ।साथै सबै राजनीतिक दलहरुमा सहकार्य र सहअस्तित्व कायम गर्नुपर्ने बताउँदै सबैलाई शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सदस्य चन्द्रकान्त भुसाल,डिलाराम रेग्मी,नेकपा माओवादी केन्द्रका प्रतिनिधि चन्द्रलाल अर्याल,मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल,ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री,बुर्तिबाङ यातायात व्यावसाय समितिका अध्यक्ष शेरमान घर्ती,पश्चिमान्चल यातायातसमितिकाप्रतिनिधि राम प्रसाद आचार्य, दलित संजालका क्षेत्रीय अध्यक्ष विष्णु वि.क.,दलित सशक्तिकरण केन्द्र बागलुङका प्रतिनिधि गोपाल वि.क.,बुर्तिबाङ गाविस कार्यालयका प्रतिनिधि चुडामणि भुसाल, अन्तराष्ट्रिय बाग्लुङ्      सेवा समाज कतारका सह सचिव राम बहादुर थापा,नेपाल पत्रकार महासंघ बागलुङका सदस्य एवं सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङका अध्यक्ष लोकेन्द्र सुनार,रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छबिलाल पाण्डे,रेडियो बुर्तिबाङका स्टेशनम्यानेजर कृष्ण कँडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

नयाँ शक्ति पार्टी नेपाल बागलुङका क्षेत्रीय सह संयोजक शंकर कुँवरको अध्यक्षता रहेको उक्त कार्याक्रमको संचालन जिल्ला सदस्य मनोज कुमार वि.क.ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend