साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी मंसिर ११ ।
लाङ्घाली युवा क्लब मुसिकोट नगरपालिका ४ दजाकोटद्वारा आयोजना गरिएको दजाकोट देउसी भैलो २०८३ बाट संकलन भएको जम्मा रकम देखि क्लबको आन्तरिक खर्च कटाएर बचेको कुल ६०% नगद रु ६२६००(बैसठ्ठी हजार छ सय रुपिया) श्री पशुपती निम्न माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ दजाकोटलाई आर्थिक सहयोग गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा क्लबको तर्फदेखि बिनय छन्तेल, अमित गाहा, सुरज पेमि, अर्जुन राकसकोटिले बिद्यालय ब्यस्थापन अध्यक्ष थमन गाहा र बिद्यालय प्रअ श्री दुर्गा बहादुर राकसकोटिलाइ संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
क्लबले बिगतका वर्षहरुमा पनि देउसी भैलोबाट संकलन भएको रकम बिद्यालयलाई उपलब्ध गराउँदै आएको र यो वर्षको रकमले पनि बिद्यालयको शैक्षिक बिकासमा सहयोग पुग्ने बिद्यालयका प्रधानाध्यापक दुर्गा ब राकसकोटीले बताउनुभयो ।
चाडपर्वको अवसरमा संस्कृति संरक्षण सङ्गै बिद्यालयको शैक्षिक बिकासमा सहयोग पुर्याएको भन्दै बिद्यालयले क्लबलाई धन्यवाद ज्ञापन गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend