logo
  • मंगलबार, कार्तिक १८ २०८३

नेकपा एमाले बागलुङको पाँचौँ बैठक गल्कोटमा सम्पन्न: माघमा जिल्ला अधिवेशन हुने, विष्णु भुसाललाई अध्यक्षको जिम्मेवारी


  • साझा नेटवर्क
  • मंगलबार, कार्तिक १८ २०८३

गल्कोट (बागलुङ), १७ कात्तिक नेकपा (एमाले) जिल्ला कमिटी बागलुङको ११ औं जिल्ला अधिवेशन यहिँ माघ ९ र १० गते हुने भएको छ। गल्कोटको हटियामा सोमवार सम्पन्न पाँचौँ पूर्ण बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टी सङ्गठनलाई पुनः जागृत गराउँदै अगाडि बढाउने संकल्पका साथ आगामी सांगठनिक गतिविधि र अधिवेशनको कार्यतालिका समेत तय गरेको छ। जस अनुसार मंसिर पहिलो हप्ता सबैं पालकिा कमटिीको बैठक सम्पन्न गर्ने, मंसिर २६ गते सबै वडा कमिटिीहरुको अधिवेशन, पौष ४ गते सबै पालिका कमिटीहरुको पालिका अधिवेशन एकैसाथ सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसी ९मना० ले कम्यूनिष्ट अन्दोलनको इतिहासबाट सहि शिक्षा लिँदै वर्तमान समयमा समाजवादको ठोस आधार निर्माण गर्न सम्पूर्ण पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमालेलाई जिल्लामा मजबुत र पुनः जागृत गराउन नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने भन्दै जनताको मन जितेर मात्रै पार्टी जनस्तरमा लोकप्रिय हुने बताउनु भएको छ।

उहाँहरूले पार्टीको साङ्गठनिक सुदृढीकरण र जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउन निर्देशन समेत दिनुभएको छ।जिल्ला कमिटीको रिक्त रहेको पदमा कार्यविभाजन गर्दै बैठकले उपाध्यक्ष विष्णु भुसाललाई रिक्त रहेको जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।बैठक विष्णु भुसालको अध्यक्षता, उपसचिव धन बहादुर परियारको स्वागत मन्तव्य तथा सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो।बैठकमा केन्द्रिय सदस्यहरु गोविन्द नेपाली, डा. सूर्य पाठक, सावित्रा राना, मञ्जु शर्मा चालिसे लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend