साझा नेटवर्क
देवेन्द्र केसी, नयाँँ दिल्ली भदौ २२ ।
नेपालमा भदौ १० गते भोटेकोशी नदीमा आएको बिनासकारी बाढीमा परी ज्यान गुमाउनुहुने समस्त मृतकहरु प्रति श्रद्धाञ्जली र बैकुण्ठ बासको कामना सहित बृहत श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रम आज सम्पन्न गरिएको छ । गुल्मी सम्पर्क समाज भारतका अध्यक्ष टिका बहादुर कार्की तथा गुल्मी -भुर्तुङ्ग सम्पर्क समाज भारतका अध्यक्ष डोलराज गौतमले संयुक्त रुपमा अध्यक्षता गरेको कार्यक्रममा बिभिन्न संस्थाहरुबाट गन्यमान्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

दुबै संस्थाबाट करिव डेढसय सदस्यहरु सहभागी रहेको कार्यक्रममा बक्ताहरुले प्राकृतिक बिपत्ति मा देश पर्दा प्रवासमा तिज मनाएर रमाईलो गर्न नसकिने भन्दै देशको दुःखमा आफ्नो सर्वोत्तम साथ रहेको बताएका थिए । आज मात्रै गुल्मी सम्पर्क समाज (भारत) ले बाढी पिडितको सहयोगार्थ, प्रधानमन्त्री डिजास्टर रिलिफ फण्डमा ५१ हजार सहयोग रकम जम्मा गरेको छ।

गुल्मी सम्पर्क समाज भारतका महासचिव देबेन्द्र केसीले सञ्चालन गरेको कार्यक्रममा प्रवासी गुल्मी सम्पर्क मन्चका अध्यक्ष डम्मर अधिकारी, एभरेष्ट चेम्बर अफ कमर्स एन्ड ईण्ड्रस्टिज का उपाध्यक्ष राम नेपाल, जनहित सांस्कृतिक परिवारका संरक्षक टेकराज पोख्रेल, ट्राभल्स ब्यवसायी दिल खत्री, सिता शर्मा लगायतको उपस्थिति रहेको थियो।

गुल्मी सम्पर्क समाज भारतका बरिष्ठ सल्लाहकार दुर्गा दत्त भण्डारी, बरिष्ठ उपाध्यक्ष नरहरी घिमिरे, उपाध्यक्ष मुकुन्द पौडेल, सचिव बिष्णु ज्ञवाली, सह सचिव नारायण न्यौपाने, कोषाध्यक्ष बाबुराम अधिकारी, सङ्गठन सचिव हुमकला खड्का, सह-सङ्गठन सचिव भरत पौडेल, महिला सङ्गठन सचिव गिता केसी, पालिका संयोजक सचिव जिवन पौडेल, मिडिया सचिव सुभाष बस्नेत, सह-सास्कृतिक सचिव लक्ष्मण खड्का लगायत पालिका संयोजकहरु तथा आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend