logo
  • बुधबार, साउन २० २०८३

प्रवासी नेपाली मञ्च कतारको महाधिवेशनका लागि नेता नेम्बाङ दोहामा


  • साझा नेटवर्क
  • बुधबार, साउन २० २०८३

दर्शन सुनार, कतार साउन २० ।
नेपाल कम्युनिस्ट पाटी एमालेको प्रवासस्थित भातृं संगठन प्रवासी नेपाली मञ्च कतारको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ बुधबार कतार आइपुगेका छन्।

महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन कतार आएका नेम्बाङलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणि कार्की,चानक पोखरेल लगायत अन्य पदाधिकारीले भब्य स्वागत गरेका थिए।

शुक्रवार दोहास्थित सेन्ट्रा वेस्ट बे होटेल एन्ड सुइट्स, अल दफ्नामा हुने अधिवेशनको दिउँसो १२ बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ ।महाधिवेशनमा नयाँ नेतृत्व चयनका साथै संगठनको आगामी कार्ययोजना पनि तय गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कतारमा स्थापित विभिन्न सामाजिक संघ,संस्था तथा थुप्रै नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको उक्त महाधिवेशनलाई प्रतिनिधिसभा सदस्य नेम्बाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको आठौं राष्ट्रिय महाधिवेशनमा संगठनको भावी कार्यदिशा, प्रवासमा रहेका नेपाली श्रमिकका समसामयिक विषय तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने मञ्चले  जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend