logo
  • शुक्रबार, मंसिर १२ २०८३

यु डब्लु एस नेपाल र सहयोग दाताद्वारा विद्यालय भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, मंसिर १२ २०८३

कृष्ण भट्टराई, गुल्मी मंसिर ११ ।
यु डब्लु एस नेपाल र सहयोग दाताको समूहद्वारा संयुक्त रुपमा गुल्मी जिल्लाका विभिन्न बिद्यालयको भ्रमण र स्थानीय सरकार संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यहि मंसिर आठ गतेबाट यु डब्लु एस जर्मनीका कार्यकारी निर्देशक Amelie Von Borries सहित Nina Keul, Goetz Von Borries, Uli Bunk,Eva Wali Foerster Bunk,Jenny Elizabeth McMardo Adams, यु डब्लु एस नेपालका राष्ट्रिय निर्देशक अभिनास झा, कार्यक्रम ब्यबस्थापक अशोक घिमिरे, सि. फेलोसिप अफिसर विबेक रत्न शाक्य, भ्रमण कार्यक्रम सहजकर्ता अनुज प्र सिग्देल, शिक्षा अधिकृत सुबिना ढुङ्गाना सहितको टोलिले ईस्मा र मालिका गाउँपालिकाका विभिन्न बिद्यालय को भ्रमण तथा अनुगमन गरेको हो।

त्यस्तै टोलिले स्थानीय सरकार मालिका गाउँ पालिकाका जनप्रतिनिधि तथा कर्मचारी सङ्ग यु डब्लु एस को कार्यक्रम प्रभावकारिता बारे अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ। भ्रमण टोलिमा आवद्ध निना केउल जर्मनिको एकल महिला हुनुहुन्छ जस्ले आफ्नो दिवङ्गत श्रीमान स्टेफनको नाममा निर्माण गर्नुभएको UWS बुल्म स्कुलमा सात वर्षसम्म आफैले अपनत्व लिएर यहि भ्रमण को समयमा स्थानीय सरकार ईस्मा गाउँ पालिका लाई औपचारिक हस्तान्तरण गर्नु भएको छ।

उहाँले बिगत सात वर्षदेखी जनशक्ति र शैक्षिक गुणस्तर वृद्धि को लागि आवश्यक कार्यक्रममा एकल दायित्व बहन गर्दै आउनुभएको थियो।उहाँको यस महान कार्यको प्रशंसा गर्दै स्थानिय सरकार र बिद्यालय परिवारले निनालाई भब्य स्वागत तथा सम्मान प्रदान गरेका थिए।यस्तै भ्रमण टोलिले स्थानीय सरकार मालिका गाउँपालिका सङ्ग पनि कार्यक्रमको प्रभावकारिता सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मालिका गाउँ पालिकाद्वारा यु डब्लु एस नेपालले पालिकाको शैक्षिक बिकासमा उल्लेख्य योगदान गरेको भन्दै भ्रमण टोलिलाई स्वागत तथा मायाको चिनो प्रदान गरिएको थियो।यु डब्लु एस नेपाल द्वारा गुल्मी जिल्लाका स्थानिय तहहरु मुसिकोट, रेसुङ्गा, ईस्मा, मालिका, धुर्कोट, मदाने, छत्रकोट र रुरुक्षेत्रमा गरि २४ वटा बिद्यालय भवन निर्माण भई शैक्षिक गतिबिधी सन्चालनमा रहेको छ ।

यो वर्षदेखी मालिका गाउँ पालिका र सस्थाको संयुक्त लगानिमा कार्यक्रम लागू हुने गरि तीन माध्यमिक र तीन आधारभूत गरि थप छ वटा बिद्यालयमा एजुकेसन प्लस नामक कार्यक्रम लागू भएको छ । भ्रमण अनुगमन टोलिले एजुकेसन प्लस कार्यक्रम सन्चालित बिद्यालय मध्य थानपती आधारभूत बिद्यालय, ह्वाङ्दी मेहले माध्यामिक बिद्यालय र अमर माध्यमिक बिद्यालयमा स्थलगत अनुगमन गरि बिद्यालयमा आवद्ध सरोकारवाला समितिहरु बिद्यालय ब्यबस्थापन समिती,शिक्षक अभिभावक संघ, आमा समूह, छात्रा समूह, बिद्यालय अवधारणा समिती, बाल क्लब, स्थानिय सरकार लागाएत सङ्ग छलफल अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेका थिए ।

भ्रमण कार्यक्रमलाई संस्थाका सिनियर स्कुल मोविलाईजर कृष्ण प्र. भट्टराई, अन्जु पुन र स्कुल मोविलाईजर विवेक बाबू ढकाल र बिजय मरासिनिले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend