logo
  • शनिबार, साउन १६ २०८३

ठकुरी सहयोग सञ्जाल कतारमा नयाँ नेतृत्व, अध्यक्षमा महेन्द्र शाही सर्वसम्मत


  • साझा नेटवर्क
  • शनिबार, साउन १६ २०८३

दर्शन सुनार, कतार साउन १६ ।
कतारमा रहेका ठकुरीहरूको साझा र सामाजिक संस्था ठकुरी सहयोग सञ्जाल कतारले महेन्द्र शाही ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै “बार्हौ वार्षिकोत्सव,तथा आठौँ अधिवेशन २०२६”भव्यताका साथ सफलतापूर्वक सम्पन्न गरेको छ ।आठौँ अधिवेशनले दैलेख जिल्ला चामुण्डा बृन्दासैनी नगरपालिका वडा न २ निवासी महेन्द्र शाही ठकुरीको अध्यक्षतामा २० कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो।

वरिष्ठ उपाध्यक्षमा चन्दा शाही ठकुरी, प्रथम उपाध्यक्षमा धन कुमार मल्ल ठकुरी,दित्तिय उपाध्यक्षमा लक्ष्मण शाही ठकुरी,महिला उपाध्यक्षमा सबिना मल्ल ठकुरी,महासचिवमा सुरत शाही ठकुरी,सचीवद्वयमा कमल शाही ठकुरी,राजेन्द्र मल्ल ठकुरी कोषाध्यक्षमा नमराज शाही ठकुरी र सह-कोषाध्यक्षमा बसन्ती मल्ल ठकुरी निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा बिपिन सिंह ठकुरी,दिल बहादुर शाही ठकुरी,लालसरा शाही ठकुरी, तपेन्द्र शाही ठकुरी, गिता शाही ठकुरी, ज्ञान बहादुर शाही ठकुरी, कमल कुमार शाही ठकुरी,खगेन्द्र शाही ठकुरी, छ्त्र शाही ठकुरी धर्म बहादुर शाही ठकुरी रहेका छन् । त्यस्तै सदस्यमा एक पद रिक्त रहेको छ ।नयाँ कार्यसमितिले पहिलो बैठकमा मनोनीत गर्ने जनाएको छ । निर्वाचन समितिका संयोजक केबी हमालले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

शुक्रवार कतारको प्लाजा मलमा अवस्थित मेसक्याफे रेष्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष खगेन्द्र शाही ठकुरीको सभापतित्व तथा सञ्जाल कतारका प्रमुख संरक्षक रेसम शाही ठकुरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । बिधिगत रूपमा बार्हौ बार्षिकोत्सवको अवसरमा केक काटेर अघि बढेको कार्यक्रममा कलाकार जिया हमालले स्वागत नृत्य पेस गरेकी थिइन् । समाजले दुई बर्षे कार्यकालमा उत्कृष्ट कार्यसम्पादन गरेको प्रगति विवरण समाजका महासचिव सुरत शाही ठकुरीले सभामा पेस गरेका थिए ।

कर्णाली प्रदेश समन्वय परिषद् कतारले ​प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र कला-संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ कर्णालीको प्रख्यात एवं मौलिक ‘मयुर नाच’ सामूहिक रूपमा पेस गरेको थियो । परम्परागत पहिरन र बाजाको तालमा कलाकारहरूले देखाएको बेजोड प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण समेत बनेको थियो ।

अधिवेशनको अवसरमा कतारमा स्थापित विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको शुभकामना मन्तव्य समेत रहेको थियो । शुभकामना वक्ताहरूले सहयोग सञ्जाल कतारले कतार तथा नेपालमा आइपर्ने विभिन्न सामाजिक कार्यमा निकै अग्रसर रहेर काम गरिरहेको प्रशंसा समेत गरेका थिए ।

कलाकार सुजाता थापा मगर,सुस्मा तामाङ सुनिता बिस्वकर्मा,रोजिना गुरुङ मिलन गुरुङको साङ्गीतिक प्रस्तुति समेत रहेको कार्यक्रममा साहित्यकार बाबुराम नेपालले गजल वाचन गरेका थिए । संस्थाले आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनामा आर्थिक नैतिक,भौतिक रूपमा सहयोग पुर्‍याउँदै आएका,कलाकार पत्रकार,तथा विभिन्न सामाजिक संघ,संस्थाहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रेसम शाही ठकुरीले “१२ औँ वार्षिकोत्सव तथा ८ औँ अधिवेशनलाई सम्बोधन गर्दै संस्थाले स्थापनाकालदेखि नै विभिन्न परोपकारी तथा सामाजिक कार्यहरू गर्दै आएको स्मरण गराए। ​ वैदेशिक रोजगारीका क्रममा कतारमा कार्यरत सम्पूर्ण नेपालीहरूले यहाँको स्थानीय कानुनको पूर्ण पालना गर्दै आपसमा भाइचारा र सहयोगको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै शाहीले आगामी दिनमा पनि सञ्जालले सामाजिक कार्यलाई थप प्रभावकारी र अग्रसर रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

सभापति खगेन्द्र ठकुरीले अधिवेशनलाई समापन गर्दै अब बन्ने नयाँ नेतृत्वले ठकुरी सेवा सञ्जाल जातीय संस्थाका रूपमा स्थापना भए पनि सधैँ मानव कल्याण, सभ्यता, भाषा-संस्कृतिको संरक्षण र कतारमा रहेका अन्य विभिन्न सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै संस्थाको उचाइ र पहिचान कायम राख्ने विश्वास व्यक्त गर्दै ​आफ्नो दुई वर्षे कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्णलाई एक मुष्ठमा धन्यवाद व्यक्त गरे । सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव सुरत शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend