साझा नेटवर्क
उद्धब मगर, कतार माघ २४।
कतार नेपाली एकता समाज केन्द्रिय समितिद्वारा आयोजित आन्तरिक बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यस बिधिबत कार्यक्रम सस्थाका अध्यक्ष रामप्रसाद पराजुलिको अध्यक्षता रहेको थियो ।
प्रमुख अतितिथी अन्तरास्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार खिम बुढा मगर, अतिथिहरु एकता समाज सचिब बलदेव राना, वक्रा एरिया समिती अध्यक्ष मीन बहादुर बि.क, ग्राण्ड्मल एरिया अध्यक्ष सन्तोष सुनार, रक्त्तिम बिभागका अध्यक्ष बिमल भुशाल, महिला विभागका सयोजक हिरा शर्मा, बुद्धिजीवी विभागका सयोजक मिलन गौतम, युग दर्शन साप्ताहिक्का पत्रकार उद्धब मगर, उपस्थिती रहेको कार्यक्रम प्रमुख अतिथी लगायत सम्पुर्ण मन्च्मा आशिन अतिथीबाट ब्यानर उदघाटन गर्दै देश तथा युग परिबर्तन गर्ने सहिदहरुप्रती १ मिनेट मौनधारण रहेको कार्यक्रमलाइ यसै सस्थाका कोषाध्यक्ष लक्षमण कोइराला को स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।
साथै रक्त्तिम परिवारको सास्कृतिक टिमले देश र जनताको लागि चेतना र उद्देश्य पहिचान गर्ने खालका थुप्रै प्रस्तुति उत्साह जनक प्रस्तुत गरेका थिए उत्त कार्यक्रम को सन्चालन सस्थाको महासचिव मिनराज पुनले गर्नुभएको थियो ।
अन्तमा यश कार्यक्रमलाइ भब्य र सब्य सम्पन्न गर्नका लागि आउनु भएका एकता समाजको तर्फ बाट प्रतिनिधित्व गर्दै एरिया, इकाइ साथै अन्य यो सस्थालाइ माया गरेर सुभ चिन्तकक्को रुपमा उपस्थिति रहनु भएका सम्पुर्णलाइ स धन्यबाद दिदै कार्यक्रम सु सम्पन्न भएको घोषणा गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend