साझा नेटवर्क
रन्जित चौरसिया, कलैया पुस १३ ।
कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समारोहबीच समुद्घाटन गरिएको छ।
फेटा गाउँपालिकाका अध्यक्ष पदका भावी उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सदस्य, युवा नेता उमेश दुबेले फिता काटेर उक्त कटेजको औपचारिक समुद्घाटन गर्नुभएको हो।
समुद्घाटन समारोहमा स्थानीय समाजसेवी, राजनीतिक व्यक्तित्व, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै युवा नेता दुबेले स्थानीय स्तरमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक कुरा भएको बताउँदै यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता लगानीले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने उल्लेख गर्नुभयो।
कटेज सञ्चालक पक्षले आधुनिक सुविधा, शान्त वातावरण र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘द रोयल कटेज’ सञ्चालनमा ल्याइएको जानकारी दिएको छ। स्थानीय ग्राहकसँगै बाह्य पाहुनालाई समेत लक्षित गरी सेवा प्रदान गरिने सञ्चालकको भनाइ छ।
समारोहको अन्त्यमा उपस्थित अतिथिहरूले कटेजको अवलोकन गर्दै सफल सञ्चालनको शुभकामना व्यक्त गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend